१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ६ बुधबार
  • Friday, 09 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख ६ बुधबार १४:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बुढीगण्डकी जलविद्युतको काम तत्काल सुरु गर्न सांसद पाण्डेको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख ६ बुधबार १४:४१:oo

एकीकृत समाजवादीका उपाध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले अलपत्र अवस्थामा रहेको बुढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण कार्यलाई तत्काल सुरु गर्न सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन्।

मुलुकको सबैभन्दा ठूलो जलविद्युत् आयोजनाको कामलाई अघि बढाउन नचाहेको देखिएको उल्लेख गर्दै उनले त्यसको कारणबारे सरकारले संसद्लाई जानकारी गराउनुपर्ने बताए।  बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद पाण्डेले  समयसीमा निर्धारण गरेर उक्त आयोजनाको काम अघि बढाउन सरकारले ढिलाइ गर्न नहुने पटकपटक दोहोर्‍याए।

‘यो आयोजना निर्माणमा सरकारको ध्यान पुगेन । अहिलेसम्म पनि अलमलमै छ,’ उनले भने, ‘म सरकारलाई चाँडोभन्दा चाँडाे यो रोस्ट्रममा उभिएर हामी यति सालभित्र यो आयोजनालाई सम्पन्न गर्ने गरी निर्माण कार्य सुरु गर्छौँ भनेर बोल्नका लागि सभामुखबाट रुलिङ होस् भन्ने माग गर्न चाहन्छु।’

सांसद पाण्डेले सो आयोजना निर्माणको काम छिटो सम्पन्न गर्न सके मुलुकमा ठूलो आर्थिक योगदान पुग्ने र रोजगारीको अवसर सिर्जना हुनेतर्फ सरकारलाई सचेत गराए।