१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ५ मंगलबार
  • Friday, 09 May, 2025
कमल खत्री म्याग्दी
२o८o बैशाख ५ मंगलबार १२:४३:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

राहुघाट जलविद्युतको ‘प्रेसर साफ्ट’ सुरुङ ब्रेक थ्रु

Read Time : > 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o८o बैशाख ५ मंगलबार १२:४३:oo

म्याग्दीको रघुगंगा गाउँपालिका– ३ पिप्लेमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको भर्टिकल ‘प्रेसर साफ्ट’को ‘ब्रेक थ्रु’ भएको छ। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरले निर्माण गर्न लागको उक्त आयोजनाको विद्युतगृह रहने तिल्केनी चौरदेखि पिप्लेसम्मको एक सय ९६ मिटर सुरुङ जोडिएको हो।

आयोजनाको पिप्लेदेखि विद्युतगृहसम्म पानी खसाल्न ठाडो प्रेसर साफ्ट सुरुङ निर्माण गरिएको आयोजनाका व्यवस्थापक राजबहादुर विष्टले जानकारी दिए। रघुगंगा गाउँपालिका– ३ पिप्लेदेखि तिल्केनी चौरमा निर्माणाधीन विद्युतगृहमा सुरुङबाट आउने पानीलाई विद्युतगृहमा खसाल्ने ठाडो सुरुङ सोमबार जोडिएको आयोजनाका व्यवस्थापक राजबहादुर विष्टले बताए।

विद्युतगृह निर्माणस्थलबाट भर्टिकल प्रेसर साफ्टसँग जोड्ने तीन सय २९ मिटर बटम प्रेसर साफ्टको सुरुङ यसअघि नै जोडिएको थियो। सबैभन्दा कठिन मानिएको भर्टिकल प्रेसर साफ्टको ब्रेक थ्रु भएपछि आयोजनाको थप उपलब्धि हासिल भएको विष्टले बताए।

आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)ले सहायक ठेकेदार बाबरी र बाराही मण्डली कन्स्ट्रक्सनलाई भर्टिकल प्रेसर साफ्ट निर्माणको जिम्मा दिएको थियो । ती कम्पनीले सुरु गरेको चार महिनामा भर्टिकल प्रेसर साफ्ट निर्माण गरेका हुन्। अडिट नम्बर ३ देखि भर्टिकल प्रेसर साफ्टसम्मको पाँच सय ४१ मिटरमध्ये तीन सय ७० मिटर सुरुङ निर्माण सकिएको छ । पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट निर्माण सकिएको छ।

रघुगंगा गाउँपालिका– ४ र ५ को सीमाक्षेत्र बुग्लमा रहने बाँधबाट विद्युतगृहमा पानी ल्याउन कुल ६ हजार दुई सय ७० मिटर लामो सुरुङमध्ये हालसम्म चार हजार तीन सय ३४ मिटर निर्माण सकिएको रघुगंगा हाइड्रोपावरका प्रबन्धक गणेश केसीले जानकारी दिए। यस आयोजनाको अहिलेसम्म कुल ५५ प्रतिशत भौतिक प्रगति भएको छ।

भारतीय एक्जिम बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)सँग ०७४ मंसिरमा ठेक्का सम्झौता भएको थियो ।

ठेक्काको ४५ महिनाको अवधिमा कोरोना महामारी, बाढी र पहिरोका कारण काम सम्पन्न हुन नसकेपछि ३० महिना म्याद थपिएको छ। ०७६ कात्तिकमा ठेक्का सम्झौता गरेको इलेक्ट्रिकल ठेकेदार भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले भारतमा निर्माण गरेका उपकरणको परीक्षण गरी आयातको प्रक्रिया अघि बढाइएको छ।