Skip This
एभरेष्ट बैंकको मोबाइल बैंकिङ एपमा स्मार्ट क्युआर भुक्तानी सेवा
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o बैशाख ५ मंगलबार
  • Wednesday, 12 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख ५ मंगलबार ११:३५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एभरेष्ट बैंकको मोबाइल बैंकिङ एपमा स्मार्ट क्युआर भुक्तानी सेवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख ५ मंगलबार ११:३५:oo

एभरेष्ट बैंकको मोबाइल बैंकिङ एप इबिएल टच २४ मार्फत स्मार्ट क्युआरद्वारा भुक्तानी लिने मर्चेन्टहरूलाई भुक्तानी गर्न मिल्ने भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले मोबाइल बैंकिङ एप प्रयोग गरी स्मार्ट क्युआरमा भुक्तानी गरेर सेवाको सुरुवात गरेका हु्न् ।  

सेवा सुरु भएसँगै एभरेष्ट बैंकको मोबाइल बैंकिङ एप प्रयोगकर्ताले भाटभटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, मेट्रो सुपर मार्केट, मेट्रो मार्टलगायत स्मार्ट क्युआर नेटवर्कमा आबद्ध दुई लाखभन्दा बढी मर्चेन्टहरूमा सजिलै भुक्तानी गर्न सक्ने सुविधा थपिएको जनाइएको छ ।

ग्राहकले भुक्तानी गरेलगत्तै रकम सीधै एभरेष्ट बैंकको खातामा जम्मा हुने सुविधा भएको र यस सुविधाले बैंकमा खाता रहेका मर्चेन्टहरूलाई थप सुविधा पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ ।