१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार ११:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

प्रदूषणबाट बच्न यस्ता उपाय

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार ११:२२:oo

अहिले काठमाडौंलगायत विभिन्न सहरमा प्रदूषण बढेको छ । विशेषगरी, चैत–वैशाखमा अत्यधिक सुक्खा हुने भएकाले हावाहुरी चल्ने हुन्छ । जसका कारण धुलो–धुवाँ धेरै उड्छ । त्यसैले वायु प्रदूषणका कारण स्वास्थ्यमा विभिन्न जटिल समस्या देखिने गरेको पाइन्छ । सवारीसाधनको चाप र यसबाट निस्कने फोहोरले सहरी क्षेत्रका मानिसको स्वास्थ्यमा गम्भीर असर पुर्‍याएको छ ।

वायु प्रदूषणका कारण भाइरल इन्फेक्सन, निमोनिया, एलर्जी र रुघाखोकीजस्ता समस्या देखा परेको छ । अहिलेको समयमा श्वासप्रश्वास र दमका बिरामीको संख्यासमेत बढेको पाइन्छ । पहिलेदेखि फोक्समा समस्या भएका बिरामीलाई सिकिस्त बनाएको छ । दमका बिरामी प्रायलाई अस्पतालमा भर्ना गर्नुपरेको छ । धेरैलाई छाती कसिएको जस्तो हुने, सास फेर्न गाह्रो हुने, चाँडै रुघाखोकी लाग्ने, नाक बन्द हुनेजस्ता लक्षण देखा परेको छ । कतिपयलाई ज्वरो आउने, घाँटी दुुख्ने, खोकी लाग्ने, नाकबाट पानी बग्नेजस्ता लक्षण देखा परेको छ । 

जटिल समस्या 
प्रदूषित वायुमा केमिकल र सल्फर अक्साइड ग्यास हुने भएकाले धेरैमा दमको समस्या देखिने गरेको छ । अहिले दमका बिरामीलाई अक्सिजन कम भएर अस्पताल भर्ना गर्नुपर्ने अवस्था छ । 

- बालबालिका र वृद्धवृद्धालाई झन् छातीमा संक्रमण भई निमोनिया हुन्छ । 

- प्रदूषित वायुका कारण दमका रोगीलाई सास फेर्न गाह्रो हुने हुन्छ । बारम्बार अस्पताल गइराख्नुपर्नेजस्ता जटिलता थपिन्छ । 

- प्रदूषणमा बुढाबुढीमा मौसमी रुघाखोकी (भाइरल इन्फ्लुएन्जा)को समस्या बढी देखिन सक्छ । खासगरी, ६० वर्षभन्दा माथिका मानिसमा यस्तो समस्या देखिने गरेको पाइएको छ ।

- लामो समय प्रदूषित वातावरणमा बस्दा दीर्घकालीन असरस्वरूप छातीमा संक्रमण भई क्रोनिक अस्ट्रटिज लङ डिजिजजस्ता निको नहुने रोग लाग्न सक्छ । 

कसरी बच्ने ? 
अहिलेको अवस्थामा प्रदूषणबाट बच्नु सबैभन्दा बुद्धिमानी हो । त्यसैले धुलो–धुवाँबाट बच्न अनिवार्य रूपमा मास्क लगाएर हिँड्नुपर्छ । अफिसमा अनिवार्य मास्क लगाउने । परिवारमा कसैलाई रुघाकोखी लागेको छ भने उसको नजिक नजाने ।

- संक्रमणबाट बच्न धेरै भिडभाडमा नजाने । बालबालिका र वृद्धवृद्धालाई झन् भिडभाडमा नलैजाने । 

- खानपान र जीवनशैलीमा विशेष ध्यान दिने । 

आफूवरपरको वातावरण सधैँ सफा गर्नुपर्छ । 

- तीन–चार दिनसम्म ज्वरो आयो भने अस्पताल गएर चेक गराउने । डाक्टरको सल्लाहअनुसार औषधि सेवन गर्ने । 

- पाकेको खकारमा रगत देखेमा तुरुन्त अस्पताल जाने । लगातार खोकी लागिरहनु राम्रो होइन । जसले छाती खराब गर्न सक्छ । तीन–चार दिनसम्म खोकी लागेमा अस्पताल गएर एक्सरे गरेर औषधि सेवन गर्ने । 

ad
ad