१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ४ सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख ४ सोमबार ११:५२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लुम्बिनी विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा आचार्य नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख ४ सोमबार ११:५२:oo

लुम्बिनी विकास बैंक लिमिटेडले सुमन आचार्यलाई नायब प्रमुख कायकारी अधिकृतमा नियुक्त गरेको छ । बैंकले वैशाख ३ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको हो । 

नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत आचार्यले त्रिभुवन विश्वविद्यालयबाट एमबिएसम्मको उच्च शिक्षा हासिल गरी विभिन्न समयमा विभिन्न वाणिज्य बैंकहरूका उच्च व्यवस्थापनमा संलग्न रही नेतृत्वदायी भूमिका निर्वाह गर्दै २२ वर्षभन्दा बढीको कार्य अनुभव हासिल गरेको जनाइएको छ ।

उनले सन् १९९९ मा त्रिभुवन विश्वविद्यालयबाट एमबिएमा केन्द्रीय विभाग (व्यवस्थापन), कीर्तिपुरको शीर्ष स्थान तथा विश्वविद्यालयस्तरमा दोस्रो स्थानमा उत्तीर्ण भई उत्कृष्ट थेसिस लेखनबापत कृष्णचन्द्र रेग्मी अवार्डबाट समेत सम्मानित भएको बैंकले उल्लेख गरेको छ । 

आचार्यले आफ्नो बैंकिङ करिअर सन् २००० मा साबिक नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेडबाट व्यवस्थापन प्रशिक्षार्थीका रूपमा सुरु गरेका थिए ।