१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ३ आइतबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख ३ आइतबार १३:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सेतीको जोखिम कम गर्न आवश्यक व्यवस्था गर्न सांसद भट्टराईको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख ३ आइतबार १३:४७:oo

एमालेकी सांसद विद्या भट्टराईले पोखरास्थित सेती नदीको जोखिम क्षेत्रमा मानवीय क्षति नहुने गरी तारबारसहितको आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेकी छिन्।

शनिबार सेतीको खोँचमा परी स्थानीय १२ वर्षीया बालिका स्मृति पराजुलीको ज्यान गएको दुःखद घटनाबारे आइतबार प्रतिनिधिसभामा जानकारी गराउँदै उनले सरकारको ध्यानाकर्षण गराएकी हुन्। त्यसका लागि सरकारले विज्ञहरूको सुझावअनुसार त्यहाँको सुक्खा पहिरो नियन्त्रणका लागि पनि तत्काल योजना बनाएर काम गर्नुपर्ने उनको भनाइ थियो।

भूगर्भविद्हरूले सेती नदीको कारण ठूलै क्षति हुन सक्ने औँल्याएको उल्लेख गर्दै सरकारले उनीहरूले दिएको सुझावअनुसार त्यसको संरक्षणमा लाग्नुपर्नेमा सांसद भट्टराईको जोड छ।

‘नागरिकको जीवनलाई कहिलेसम्म क्षति पुर्‍याउने हो ? त्यो क्षतिलाई न्यूनीकरण गर्नका लागि सरकारले योजना बनाएर भोलिका दिनमा यस्ता क्षतिहरू हुन नदिनका लागि त्यो जोखिम क्षेत्र वरपर तारबार लगाउने, विज्ञहरूले भनेअनुसार सुक्खा पहिरो जान नदिनका लागि विशेष व्यवस्था गर्न सुझाव दिनुभएको छ । त्यो सुझावलाई ग्रहण गर्दै योजना बनाउने काममा सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भनिन्।

सांसद भट्टराईले सरकारले विगतमा पनि आफूहरूले सो नदीको संरक्षणका लागि आवश्यक व्यवस्था मिलाउन गरेको आग्रहलाई बेवास्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गरिन्।