१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ३० बिहीबार
  • Sunday, 11 May, 2025
२o७९ चैत ३० बिहीबार १२:४९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

धनगढीमा राष्ट्रिय फेन्सिङ प्रतियोगिता सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत ३० बिहीबार १२:४९:oo

प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ प्रतियोगिता बुधबारबाट धनगढीमा सुरु भएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एक समारोहबीच प्रतियोगिताको उद्घाटन गरे। नेपाल फेन्सिङ संघ कैलालीको आयोजनामा सुरु भएको प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुनेछ।

प्रतियोगितामा सशस्त्र प्रहरी तथा बागमती, कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेशको गरी पाँच टिमको सहभागिता रहेको संघले जनाएको छ । संघका अनुसार प्रतियोगिताका फाइनल खेल बिहीबार हुनेछन्। फेन्सिङको इपी र सेभर विधामा महिला र पुरुष दुवैतर्फ प्रतिस्पर्धा भइरहेका छन्।

प्रतियोगितामा पाँचवटै टिमका गरी ७० जनाभन्दा बढी खेलाडीको सहभागिता रहेको संघका जिल्ला अध्यक्ष जलिन्द्र शाहीले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नेलाई क्रमशः १५, १० र पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। सुदूरपश्चिमका लागि नयाँ रहेको यो प्रतियोगिताले यहाँ फेन्सिङ खेलको विकास र यसलाई चिनाउन महत्वूर्ण भूमिका निर्वाह गर्ने शाहीले बताए।

प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री शाहले फेन्सिङजस्तो ऐतिहासिक महत्व बोकेको खेलको प्रदेश सरकारले संरक्षण गर्ने बताए। प्रदेश सरकारले फेन्सिङ खेललाई प्राथमिकतामा राखेर अगाडि बढाउने प्रतिबद्धता जनाए।

मुख्यमन्त्री शाहले खेल क्षेत्रलाई अगाडि बढाउनुका साथै खेलाडीको मनोबल र हौसला बढाउने काम सरकारले गर्ने बताए। उद्घाटन कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा नेपाल फेन्सिङ संघका केन्द्रीय अध्यक्ष सुनीलकुमार श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।