
रौतहटको गरुडामा दोहोरो झडप हुँदा ६ प्रहरी घाइते भएका छन् ।
गरुडा नगरपालिकाका मेयर प्रत्याशी दीपक यादव विभिन्न माग राख्दै आज दिउँसो नगरपालिकामा ताला लगाउन गएपछि प्रहरीसँग दोहोरो झडप भएको थियो। झडपका क्रममा प्रहरी निरीक्षक वीरेन्द्र पासवानसहित ६ प्रहरी घाइते भएका हुन्।
झडपलाई नियन्त्रणमा लिन प्रहीले ११ राउन्ड हवाईफायर गर्नुको साथै पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। गोलीको छर्रा भिडमा पुग्दा गरुडा– ५ का गजेन्द्र साह घाइते भएका छन्। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।