Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०७९ चैत २९ बुधबार ०६:१४:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कोभिड संक्रमणबाट तीन महिनापछि एकको मृत्युु

Read Time : > 1 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७९ चैत २९ बुधबार ०६:१४:००

२४ कोरोना संक्रमित अस्पताल भर्ना, १३ आइसियूमा, पाँच भेन्टिलेटरमा

कोरोना संक्रमणबाट तीन महिनापछि एक संक्रमितको मृत्यु भएको छ । एक साताअघि संक्रमण पुष्टि भएसँगै वीर अस्पताल भर्ना भएकी ५८ वर्षीया महिलाको मृत्यु भएको हो । २३ पुसपछि कोभिडबाट कसैको मृत्यु भएको थिएन । 

डा. शेरबहादुर  पुन, वरिष्ठ सरुवारोग विशेषज्ञ
संक्रमण समुदायस्तरमा फैलिएको देखिन्छ । जिउ दुख्ने, ज्वरो आउने, रिँगटा लाग्नेजस्ता लक्षण देखिएका छन् । अहिले अस्पतालमा भर्ना भएका अधिकांशजसो ज्येष्ठ नागरिक छन्, यी लक्षण सहन नसक्ने व्यक्तिहरू अस्पताल भर्ना भएका छन् ।

वीर अस्पतालका अनुसार मधुमेहको दीर्घ समस्या रहेकी उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनले कोभिडविरुद्धको पूर्णखोपसँगै दुई डोज बुस्टर पनि लगाएको अस्पतालले जनाएको छ । केही समययता उकालो लागेको कोरोना संक्रमणले अस्पताल भर्नादर मात्रै बढाएको छैन, गम्भीर समस्या निम्त्याउनेको संख्या पनि बढाएको छ । सरकारी तथ्यांकअनुसार २१ जना संक्रमित अस्पताल भर्ना भएकामा १३ जना आइसियूमा छन्, जसमध्ये पाँचजनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । 

स्वास्थ्य मन्त्रालयले ४६९ सक्रिय संक्रमितमध्ये २४ अस्पताल भर्ना भएको र त्यसको ३४.७८ प्रतिशतको गम्भीर समस्या भएर आइसियू तथा भेन्टिलेटरमा उपचार भइरहेको जनाएको हो । मन्त्रालयले संक्रमण बढ्दै गएकाले भौतिक दूरी कायम राख्ने, साबुनपानीले हात धुने तथा स्यानिटाइजरको प्रयोग गर्नेजस्ता स्वास्थ्य मापदण्ड अपनाउन अपिल पनि गरेको छ । 

गत बुधबारदेखि अस्पताल भर्नादर बढेको तथ्यांकले देखाएको छ । बुधबार १७ जना अस्पताल भर्ना हुँदा चार जनाको आइसियुमा उपचार भएको थियो । शनिबार उपचाररत १५ मध्ये आठजना आइसियुमा थिए । आइतबार अस्पतालमा उपचाररत १३ मध्ये सात जना आइसियुमा थिए । 

कोभिडको लक्षण एक सातासम्म देखिने र विशेषगरी शरीर दुख्ने, रिंगाटा लाग्ने र ज्वरो आउनेजस्ता लक्षण कडा देखिएकाले वृद्धवृद्धा र रोगप्रतिरोधक क्षमता कम भएकाहरू बढी प्रभावित भएको चिकित्सकहरूले बताएका छन् । ‘संक्रमण समुदायस्तरमा फैलिएको देखिन्छ । जीउ दुख्ने, ज्वरो आउने, रिगंटा लाग्नेजस्ता लक्षण देखिएका छन् । अहिले अस्पतालमा भर्ना भएका अधिकांशजसो जेष्ठ नागरिक छन्, यी लक्षण सहन नसक्ने व्यक्तिहरू अस्पताल भर्ना भएका छन्,’ वरिष्ठ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले भने । 

१६ पुस ०७६ देखि हालसम्म सबैभन्दा धेरै २१ देखि ४० वर्ष उमेर समूहका संक्रमित भए, सबैभन्दा कम ८० वर्षभन्दा माथिका नागरिक प्रभावित