मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ९ मंगलबार
  • Tuesday, 26 September, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत २८ मंगलबार १८:१७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माओवादी केन्द्रको सचेतकमा चौधरी, विधान संशोधन गर्न कार्यदल गठन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत २८ मंगलबार १८:१७:००

सत्तारुढ नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको सचेतकमा रूपा सोसी चौधरीलाई मनोनीत गरेको छ। 

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा बसेको संसदीय दलको बैठकले चौधरीलाई सचेतक मनोनीत गरेको सांसद माधव सापकोटाले जानकारी दिए। समानुपातिक सांसद चौधरी कैलालीबाट प्रतिनिधित्व गर्छिन् ।

माओवादीले यसअघि हितराज पाण्डेलाई प्रमुख सचेतक तोकिसकेको छ। बैठकले संसदीय दलको विधान संशोधन गर्न प्रमुख सचेतक पाण्डेको संयोजकत्वमा पाँचसदस्यीय मस्यौदा कार्यदल गठन गरेको छ। कार्यदलमा प्रतिनिधिसभाबाट पूर्णबहादुर घर्ती र बिमला सुवेदी तथा राष्ट्रिय सभाबाट जगप्रसाद शर्मा र गंगा बेल्वासे सदस्य छन्। 

कार्यदलले अर्को बैठकमा मस्यौदा प्रस्तुत गर्ने संयोजक पाण्डेले बताए। बैठकमा दलका नेता प्रचण्डले कानुन निर्माणलगायत संसदीय गतिविधिमा प्रभावकारी भूमिका खेल्न सांसदहरूलाई निर्देशन दिएका थिए।

‘सम्पत्ति शुद्धीकरण, टिआरसी र संवैधानिक परिषद्सम्बन्धी विधेयक अगाडि पहल गर्ने भन्ने भएको छ,’ प्रमुख सचेतक पाण्डेले भने। उनका अनुसार विषयगत समिति गठन र पठाउने नामबारे पनि सामान्य छलफल भएको थियो।