१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २८ मंगलबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ चैत २८ मंगलबार १७:oo:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

‘फोनपे’ले ल्यायो नयाँ वर्षमा स्कुटर र सुन उपहार याेजना !

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ चैत २८ मंगलबार १७:oo:oo

भुक्तानी प्रणाली सञ्चालक फोनपेले नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा ‘फोनपे गर्ने हो ! क्युआरमा उपहार जित्ने हो !’ योजना ल्याएको छ। 

यही चैत २९ देखि ०८० वैशाख ५ गतेसम्म नेपाल अधिराज्यभर लागू गरिएको यस योजनामा व्यवसायी तथा ग्राहक सहभागी भई एक तोला सुन र स्कुटर प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

योजना अवधिभित्र मोबाइल बैंकिङ एप वा वालेटबाट फोनपेको क्युआर प्रणाली प्रयोग गरी भुक्तानी गर्ने ग्राहकले ‘लक्की ड्र’मार्फत इप्लुटो ब्रान्डको विद्युतीय स्कुटर जित्न सक्नेछन् भने भुक्तानी प्राप्त गर्ने व्यवसायीले ‘लक्की ड्र’मार्फत एक तोला सुन जित्न सक्नेछन्।

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवसकुमार सापकोटाले भने, ‘फोनपेको नेपालमा डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने र प्रयोगकर्ताहरूलाई क्युआर भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्यअनुरूप ‘फोनपे गर्ने हो !’ अभियान ल्याइएको हो।’ 

यसको लक्ष्य प्रयोगकर्ता र व्यवसायीलाई समान रूपमा डिजिटल भुक्तानीको सजिलो, छिटो र सुविधाजनक माध्यम अपनाउन प्रोत्साहित गर्ने भएको उनले बताए।

‘नगद छोडौँ, फोनपे गरौँ’ ट्यागलाइनको साथ फोनपेले नगदको झन्झटलाई हटाउन डिजिटल भुक्तानी प्रणाली सुरु गरेको थियो। फोनपेमा हाल ११ लाखभन्दा धेरै व्यवसायी (क्युआर मर्चेन्ट) आबद्ध रहेका छन्। फोनपे नेटवर्कमार्फत हाल दैनिक करिब रु. ५ अर्बको कारोबार हुँदै आएको छ।

फोनपेमा अहिले ६० भन्दा बढी बैंक तथा वित्तीय संस्था आबद्ध छन्। एक करोड ७० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाइल एप्समार्फत फोनपेले सेवा पुर्‍याउँदै आएको छ। फोनपेको सेवा हाल सातै प्रदेशका सबै स्थानीय तहका सबै वडामा पुगिसकेका छन्।

गाउँगाउँसम्म विस्तार भइसकेको फोनपे क्युआर सहरका अधिकांश पसलमा देखिन थालेका छन्। ग्राहकहरूले पनि नगद बोकेर हिँड्नुको साटो फोनपेमार्फत भुक्तानी गर्न सहज ठानेका छन्। डिजिटल कारोबारमा आएको यस परिवर्तनले मर्चेन्ट र ग्राहकलाई सहज बनाउनुका साथै नेपालको डिजिटल अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउँदै जान थालेको छ।

नेपाललाई क्यासलेस बनाउने योजनाअनुसार तीन वर्ष अगाडि स्थापना भएको फोनपेमा छोटो समयमै आम व्यवसायीको आकर्षण बढेको छ। नयाँ वर्ष ०८० को ‘फोनपे गर्ने हो !’ योजना पनि नेपाललाई डिजिटल परिवर्तनतर्फ डोहोर्‍याउने ठूलो लक्ष्यको एउटा कदम रहेको छ।