१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २८ मंगलबार
  • Sunday, 11 May, 2025
२o७९ चैत २८ मंगलबार १५:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संघीयता र लोकतन्त्र जोगाउन लडाइँ अझै बाँकी छ : उपेन्द्र यादव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत २८ मंगलबार १५:२३:oo

जनता समाजवादी पार्टीका अध्यक्ष तथा बारा २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार उपेन्द्र यादवले संघीयता र लोकतन्त्रको रक्षाका लागि आमजनताले परिवर्तनको पक्षमा मतदान गर्नुपर्ने बताएका छन्। महागढी नगरपालिकामा आयोजित जनता दर्शन कार्यक्रमहरूलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

संघीयता र लोकतन्त्र नै समाप्त पार्ने खेल भइरहेकाले प्राप्त उपलब्धिहरूलाई गुम्न नदिन त्यसविरुद्ध एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिँदै उनले भने ‘विरोधी शक्तिहरूले प्राप्त उपलब्धिलाई समेत समाप्त पार्न खोज्दै छ, त्यसैले बारा २ का जनताले परिवर्तनको पक्षमा र प्राप्त उपलब्धिहरूको रक्षाका लागि मतदान गरेर मुहतोड जवाफ दिनैपर्दछ।’

परिवर्तन देख्न नचाहने कुतत्वहरूले फेरि राजा ल्याउने षडयन्त्र गरिरहेकोले संघीयतामाथि प्रहार गरेर अगाडि बढ्न दाउमा रहेको कुरा आमजनताले बुझ्नुपर्ने उनले बताए। 

जसपा अध्यक्ष यादवले जातीय द्वन्द्व सिर्जना गरी संंघीयता समाप्त गराउने खेलमा लागि परेकाहरूलाई जनताले राम्रोसँग चिन्नुपर्नेमा जोड दिए। 

अहिले सामाजिक रूपान्तरणको आवश्यकता रहेकाले नेपालमा आर्थिक परिवर्तनका लागि कृषि क्रान्तिका लागि सिँचाइ, मल, बिउबिजनको सहजताका साथै कृषिमा आधुनिकीकरण गरी कृषिलाई सबल बनाइए मात देशको अर्थतन्त्र बलियो हुने अध्यक्ष यादवले बताए।

हरेक क्षेत्रका मधेसी समुदायको प्रतिनिधित्व र पहुँच न्यून रहेको कुरालाई महसुस गर्दै मधेस विद्रोह गरेको स्मरण गर्दै उनले मधेस आन्दोलन लोकतान्त्रिक आन्दोलनकै पूरक आन्दोलन भएको बताए। 

हरेक क्षेत्रमा महिला, जनजाति, आदिवासी, मधेसी मुस्लिमलगायत पछाडि पारिएका समुदायको अधिकार सुनिश्चितता मधेस आन्दोलनबाटै भएको जसपा अध्यक्षसमेत रहेका उम्मेदवार यादवले दाबी गरे। लोकतान्त्रिक आन्दोलनकै उपलब्धिका कारण नेपालको पहिलो राष्ट्रपति र उपराष्ट्रपति मधेसी समुदायले पाएको उनले चर्चा गरे।