
लुम्बिनी विकास बैंक लिमिटेडले ललितपुरको गोदावरी नगरपालिका– ०५ लेलेमा एटिएम सेवा सुरु गरेको छ। आफ्नो सोमबारदेखि लेलेस्थित एक्सटेन्सन काउन्टरबाट एटिएम सेवा सुरु गरेको हो।
आज थप एक नयाँ एटिएम उद्घाटन भएसँगै बैंकले विभिन्न स्थानमा गरी जम्मा २० वटा एटिएममार्फत सेवा प्रदान गरिरहेको छ । हाल बैंकले ८९ शाखा र एक एक्सटेन्सन काउन्टरमार्फत सातवटै प्रदेशमा सेवा प्रदान गर्दै आएको छ ।