
हिमालयन बैंक लिमिटेडले काभ्रे जिल्लाको साँगा स्थित स्पाइनल इन्जरी पुनस्र्थापना केन्द्रमा पहिलो अपाङ्गमैत्री एटिएम संचालनमा ल्याएको छ ।
पुनस्र्थापना केन्द्रको २१औं वार्षिक उत्सवको उपलक्ष्यमा शुक्रबार आयोजित एक समारोहबीच बनेपा नगरपालिकाकी मेयर शान्तिरत्न शाक्य, बंैकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र पुनस्र्थापना केन्द्रकी अध्यक्ष डा. शान्ता दिक्षितले एटिएमको उद्घाटन गरेका हुन् । समारोहमा बंैकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर जबरालगायत अन्य कर्मचारीहरुको उपस्थिति थियो ।
‘सबैको लागि बंैक, सबैका लागि बंैकिङ्ग सुबिधा’ भन्ने उद्देश्यले पुनस्थापना केन्द्रमा एटिएम सुबिधा संचालनमा ल्याएको बैंकले जनाएको छ । हाल बैंकले देशभरि रहेका १८९ शाखाहरु, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी एटिएमबाट आफ्ना ग्राहकवर्गहरुलाई सेवा प्रदान गर्दै आएकोे छ ।