१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २५ शनिबार
  • Friday, 09 May, 2025
२o७९ चैत २५ शनिबार १७:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जुम्लामा अन्तरजातीय विवाह गर्ने ६० जोडीलाई सम्मान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत २५ शनिबार १७:१३:oo

जुम्लामा अन्तरजातीय विवाह गर्नेलाई सम्मान गरिएको छ। माओवादी केन्द्रनिकट दलित मुक्ति मोर्चाले जिल्ला सम्मेलनका क्रममा उनीहरूलाई सम्मान गरेको हो।

मोर्चाका नवनिर्वाचित अध्यक्ष चन्द्रबहादुर नेपालीले विद्यमान जातीय विभेदलाई तोडेर अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको बताए। ‘विद्यमान अवस्थामा उहाँहरूलाई ताकत दिने, हौसला प्रदान गर्ने उद्देश्यले सम्मान गरिएको हो,’ उनले भने।

कार्यक्रममा दलित समुदायबाट निर्वाचित भएका जनप्रतिनिधि र कर्मचारीहरूलाई समेत सम्मान गरिएको थियो। पार्टीले समाजमा विभेद भइरहेको समयमा प्रोत्साहन दिने उद्देश्यले यो काम गरेको माओवादी केन्द्र जुम्लाले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नरेश भण्डारीले समानताको मूल एजेन्डाको सूत्राधार माओवादी भएकाले प्रोत्साहनका लागि सम्मान गरिएको बताए। 

दलित मुक्तिमोर्चा जिल्ला समन्वय समितिको भेलाले अध्यक्ष चन्द्रबहादुर नेपाली र सचिव पुनबहादुर विकको नेतृत्वमा ४५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ।