१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत २३ बिहीबार २३:०५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सार्वजनिकस्थलमा राति फोहोर फाल्नेलाई महानगरले तिरायो १५ हजार जरिवाना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत २३ बिहीबार २३:०५:००

काठमाडौं महानगरपालिकाले रातको समयमा सडकमा फोहोर फाल्नेलाई १५ हजार रुपैयाँ जरिवाना तिराएको छ । 

बुधबार राति वडा नम्बर १४ को कुलेश्वरक्षेत्रमा बा. ४च ३३४ नम्बरको गाडीले सडकमा फोहोर फाल्दै गर्दा महानगरको रात्रिकालीन अनुगमन टोलीले पक्राउ गरेको थियो । 

जरिवाना तिराएर बिहीबार पुनः जथाभावी फोहोर नफाल्ने सर्तमा बिहीबार छाडिएको महानगरका वातावरण व्यवस्थापन विभागप्रमुख रविनमान श्रेष्ठले जानकारी दिए । 

महानगरले अनधिकृत फोहोर फाल्नेमाथि निगरानी गरिरहेको पनि श्रेष्ठले  बताए । 

उनले पुतलीसडक क्षेत्रमा इन्टरनेट सेवा प्रदायकले तार काटेर सार्वजनिक आवागमनमा बाधा गरेको भन्दै अनधिकृत फोहोर उत्पादन गरेर सहरी व्यवस्थापनलाई बाधा गर्नेहरूलाई चेतावनी दिइएको र तत्काल नहटाइए कारबाही गरिने बताए ।