१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १२:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

चन्द्रागिरि हिल्समा सेयरधनीलाई २५ प्रतिशतसम्म छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:५५:oo

चन्द्रागिरि हिल्स लिमिटेडले नयाँ वर्ष ०८० को अवसरमा आफ्ना सेयरधनीलाई  केबलकारको टिकट, साहसिक गतिविधि तथा सामाजिक समारोहमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्मको छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।

योजनाअन्तर्गत चन्द्रागिरि हिल्स लिमिटेडका सेयरधनीले जिपलाइन, स्काई साइक्लिङ, स्विङ, वाल क्लाइम्बिङ, फ्री फल जम्प, स्काई वाक तथा रिसोर्टमा आयोजना हुने सामाजिक समारोहरूको शुल्कमा २५ प्रतिशतसम्म छुट पाउनेछन् ।

छुट सुविधा लिन सेयरधनीहरूले आफ्नो सेयर प्रमाणपत्र वा डिम्याट खाताको विवरण टिकट काउन्टरमा प्रस्तुत गर्नुपर्नेछ । यो योजना एक वर्षका लागि लागू हुने बताइएको छ । यसका साथै प्रत्येक भ्रमणमा सेयरधनीहरूलाई सन्ध्याकालीन केबलकारको टिकटसमेत प्रदान गरिने कम्पनीले जनाएको छ । 
 

ad
ad