१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:५७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल हाइड्रोपावरको आइपिओ मेगा र नेपाल एसबिआईमार्फत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:५७:oo

ग्लोबल हाइड्रोपावर एसोसिएट्स लिमिटेडले निष्कासन गर्न लागेको साधारण सेयर निष्कासन सम्बन्धमा तीन कम्पनीबीच सम्झौता भएको छ ।

कम्पनीले निष्कासन गर्न लागेको ५८ करोड ६० लाख रुपैयाँ सेयर पुँजीबराबर एक सय रुपैयाँ दरका ५८ लाख ६० हजार कित्ता साधारण सेयरको प्रत्याभूति सेवा उपलब्ध गर्नका लागि ग्लोबल हाइड्रोपावर एसोसिएट्स लिमिटेड र मेगा क्यापिटल मार्केट्स लिमिटेड तथा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडबीच सम्झौता भएको हो ।

सम्झौतामा ग्लोबल हाइड्रोपावरका अध्यक्ष मोतीलाल दुगड, मेगा क्यापिटलका कामु प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठ र नेपाल एसबिआई मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारीले हस्ताक्षर गरेको जनाइएको छ ।

कार्यक्रममा ग्लोबल हाइड्रोपावरका प्रमुख वित्त अधिकृत पूर्णमान नापित, मेगा क्यापिटलका मार्केटिङ विभाग प्रमुख गिरिराज पोखरेल र नेपाल एसबिआई मर्चेन्ट बैंकिङका अनिलकुमार महर्जनको उपस्थिति रहेको जनाइएको छ ।