१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २२ बुधबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत २२ बुधबार o८:o८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

रावा बैंकका नवनियुक्त  कर्मचारीलाई तालिम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत २२ बुधबार o८:o८:oo

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तर्वार्ताबाट छानिएका कर्मचारीलाई पूर्वसेवाकालीन तालिम दिएको छ । बैंकले बागमती र गण्डकी प्रदेशका लागि छनोट भएका नवनियुक्त सहायक प्रशासन सेवाका ५४ जना कर्मचारीलाई चौधदिने तालिम दिएको हो ।  

तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सैद्धान्तिक ज्ञानले मात्र प्रतिस्पर्धामा सफलता हासिल गर्न नसकिने बताए । दुई हप्ताको तालिमबाट प्राप्त हुने व्यावहारिक ज्ञानले कार्यस्थलमा नागरिकलाई सेवा दिन सहयोग पुगी संस्थाको उत्पादकत्व वृद्धि गर्न युवा जनशक्ति उपयोग हुने उनको भनाइ थियो ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारीले नवनियुक्त कर्मचारीलाई कार्यस्थलमा जिम्मेवारी वहन गर्दा अपनाउनुपर्ने कर्तव्यबोध गराउँदै ग्राहकको बैंकप्रतिको विश्वास बढ्ने गरी काम गर्नुपर्ने बताइन् । 

बैंकले हाल देशका ७७ वटै जिल्लाका सदरमुकामसहित दुई सय ६५ शाखा, ५२ एक्सटेन्सन काउन्टर, दुई सय ६९ एटिएम र ९९ शाखारहित बैंकिङमार्फत सेवा दिइरहेको जनाएको छ ।