मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ चैत २१ मंगलबार १४:५३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बुटवलमा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु

Read Time : < 1 मिनेट
२०७९ चैत २१ मंगलबार १४:५३:००

बुटवलमा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु गरिएको छ । बुटवल उपमहानगरपालिकाभित्र सडकका कुकुरहरूको संख्या वृद्धि नहोस् र रेबिज रोग फैलिन नपाओस् भनेर बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउन थालिएको हो ।

बुटवल उपमहानगरपालिकाको आयोजना र वातावरण तथा सामाजिक परिवर्तनका लागि युवासँगको सहकार्यमा मंगलबारदेखि तीनदिने अभियान सुरु गरिएको हो । अभियानका क्रममा बुटवलभित्रका सडकका कुकुरहरूको बन्ध्याकरणले कुकुरको संख्या वृद्धि रोकिने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।

उनले कुकुर पाल्नेहरूले सार्वजनिक स्थलमा दिसापिसाब गराउनेलाई कारबाही गर्ने र आगामी वर्षदेखि बुटवलमा कुकुर पाल्नका लागि अनुमति लिनुपर्ने व्यवस्था गर्ने कानुन बनाइरहेको बताए । सबैतिरबाट सहज पहुँच भएकाले बुटवलमा छाडा चौपाया र कुकुरको संख्या बढ्दै गएकाले यसलाई रोक्न तयारी थालिएको उनको भनाइ छ ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १५ का अध्यक्ष शिव रानाले बुटवलका १९ वटै वडाका सामुदायिक कुकुरको बन्ध्याकरण गरिने बताए । बुटवल उपमहानगरपालिकाका पशुपक्षी विकास शाखाका प्रमुख झविन्द्र बञ्जाडेले बुटवलभित्र कुकुरको संख्या बढ्दै गएकाले संख्या वृद्धि हुन नदिन बन्ध्याकरण गरिएको बताए ।