१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मिटरब्याजपीडितको समस्या जाँचबुझ गर्न छानबिन आयोग गठन, मधेस प्रदेशको राजधानी जनकपुरमा कार्यालय रहने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:४५:oo

सरकारले मिटरब्याजपीडितहरूको समस्या समाधान गर्न तीनसदस्यीय छानबिन आयोग गठन गरेको छ। 

आज अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा छानबिन आयोग गठन गरेको हो । 

समितिमा नेपाल प्रहरीका पूर्वएआइजी उत्तमबहादुर सुवेदी र डिआइजी गणेशबाबु अर्याल छन् । समितिलाई मिटरब्याजपीडितहरूको समस्या समाधान हुने गरी ठोस र व्यावहारिक प्रतिवेदन तयार पार्न तीन महिनाको समय दिइएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बैठकले मिटरब्याजपीडितहरूको समस्या समाधान गर्न गठित उच्चस्तरीय आयोगको कार्यालय मधेस प्रदेशको राजधानी जनकपुरमै राख्ने निर्णय पनि गरेको छ । 

मिटरब्याजपीडितहरूलाई आफ्नो समस्या राख्न सहज हुने भएकाले सरकारले मधेस प्रदेशको राजधानी जनकपुरमा कार्यालय राख्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन् ।