१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत १९ आइतबार ११:३३:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

यसरी बनाउनुस् आरामदायी बेडरुम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत १९ आइतबार ११:३३:००

बेडरुम सुत्ने ठाउँ मात्रै नभएर मानसिक रूपमा विश्राम लिने स्थल पनि होे । जहाँ पुग्दा तपाईंको शरीरले आराम र शान्ति महसुस गरोस् । 

आरामदायी 
आरामदायी बेडरुम बनाउनुपर्छ । बेडरुमलाई कुल देखाउनका लागि हामीले आफूलाई मन पर्ने रङ छनोट गर्न आवश्यक हुन्छ । सामान्यतया हल्का रङ राम्रो मानिन्छ । रङले व्यक्तिको मनोविज्ञानमा प्रभाव पार्छ । हल्का नीलो, गुलाबी, पहेँलो कलर संयोजन गर्न सकिन्छ । सोचाइ, मनोविज्ञान, स्वास्थ्य अवस्था आदिलाई ध्यानमा राखेर कलर प्रयोग गर्दा राम्रो हुन्छ ।

लाइट 
लाइट व्यवस्थापनले बेडरुम कस्तो बनाउने भन्ने कुराले निर्धारण गर्छ । बेडरुमलाई शान्त देखाउन हल्का प्रकाश आवश्यक हुन्छ । यसले दिनभरिको थकान र तनावबाट मुक्त बनाउँछ । बेडरुममा लिडिङ ल्याम्प हुँदा राम्रो मानिन्छ, यसले आँखालाई दबाब दिँदैन । 

बेडको हेडबोर्ड 
बेडको सिरानीपट्टि हुने हेडबोर्डले पनि तपाईंलाई धेरै आनन्द अनुभूत गराउँछ । सहरी क्षेत्रमा अहिले विभिन्न डिजाइनका बेड हेडबोर्ड पाइन्छन् । कुसन, प्यानल हेडबोर्डलगायत पाइन्छन् । 

थप सामग्री 
बेडरुममा ओढ्ने–ओछ्याउने त भइहाल्छ । तर, यसमा थप सामग्रीले पनि बढी आरमदायी बनाउन सहयोग गर्छ । जस्तै, सफ्ट कुसन, थ्रो कुसन, एक्स्ट्रा कुसनले आनन्द अनुभूत गराउँछ । 

फर्निचर 
फर्निचरको राम्रो व्यवस्थापन गर्न सक्यो भने मात्रै त्यो स्थानको सुन्दरता झल्किन्छ । आफूलाई आवश्यक पर्ने वस्तुलाई व्यवस्थापन गर्न सजिलो हुन्छ । साइड टेबल, बेड स्टोरेज आदिले आवश्यक सामग्री राख्न सजिलो बनाउँछ ।