मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
शान्ता कमली नयाँ पत्रिका
२०७९ चैत १९ आइतबार १०:२८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

घलेगाउँमा बढ्यो पर्यटकको चहलपहल

Read Time : > 1 मिनेट
शान्ता कमली, नयाँ पत्रिका
२०७९ चैत १९ आइतबार १०:२८:००

समुद्री सतहबाट २१ सय मिटर उचाइमा रहेको सुखी गाउँ स्मार्ट भिलेज घलेगाउँमा पर्यटकको चहलपहल बढेको छ । घलेगाउँमा अहिले दैनिक ५० देखि ६० जना आन्तरिक पर्यटक आउन थालेको घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेले बताए । पर्यटक आउन थालेपछि घरवासमा चहलपहलसँगै आम्दानी हुँदा घरवास सञ्चालक खुसी भएका छन् । 

घलेगाउँमा बर्सेनि २५ हजार पर्यटक आउने घलेगाउँ पर्यटन व्यवस्थापन कार्यालयका सचिव दीर्घ घलेले बताए । उनले भने, ‘पर्यटकको चहलपहल हुँदा प्रतिघरवास सञ्चालकले ५० हजारदेखि एक लाखसम्म मासिक आम्दानी गर्छन् ।’ प्रकृतिले सिँगारिदिएको घलेगाउँ आफैँमा सुन्दर छ भने घरवास सञ्चालकको मुख्य आम्दानीकै स्रोत पर्यटन हो । ०५६ देखि स्थानीयले पर्यटन प्रवद्र्धनका कार्यक्रमको सुरुवात गरेका थिए । ०५७ देखि १२ घरबाट घलेगाउँमा होमस्टे सञ्चालन गरिएको थियो । घलेगाउँका एक सय ३५ घरमध्ये हाल ४२ घरमा होमस्टे सञ्चालन गरिएको छ ।

न्यानो आतिथ्यताका माध्यमबाट घलेगाउँमा गरिने परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकलाई आकर्षित गरेको छ । घलेगाउँमा नमुना चिया बगान, प्रांंगारिक खेती, परम्परागत गुरुङ संग्रहालय, हिमाली दृश्यावलोकन, सुधारिएको होमस्टे रहेका छन् । 

आतिथ्यताका माध्यमबाट घलेगाउँमा गरिने परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवामार्फत पर्यटकलाई आकर्षित गरेको छ । गाउँमा यातायातको सुविधा भएपछि पर्यटक सीधै होमस्टेका लागि पुग्ने गरेका छन् । घलेगाउँमा दैनिक तीन सयभन्दा बढी पाहुनालाई सेवा दिन सक्ने क्षमता रहेको घलेगाउँ पर्यटन व्यवस्थापन समितिले जनाएको छ । घलेगाउँमा पर्यटकको आगमनसँगै स्थानीय बासिन्दाको आर्थिक स्तर पनि उकासिएकोे छ । 

निकै उचाइमा, हिमशृंखलाको काखमा अवस्थित घलेगाउँको झ्यालबाटै मनोरम सेताम्य हिमालको टाकुरा देखिन्छ । गाउँको वरिपरि मनमोहक दृश्यावलोकनका प्राकृतिक हरियाली पहाड, फाँट र गहिरा खोल्साखोल्सीहरू देखिन्छन् । साथै, हरिया चियाबगान, भ्युटावर, भेडीगोठ, उत्तरकन्या मन्दिर, पोखरी र अन्य सुन्दर प्राकृतिक छटाले मन आनन्दित हुन्छ ।