१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १६ बिहीबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १६ बिहीबार १७:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संक्रमणकालीन न्यायकाे विषय फास्ट ट्र्याकमा लैजान मिल्दैन : ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १६ बिहीबार १७:४७:oo

एमाले अध्यक्ष केपी ओलीले सरकारले फागुन १ लाई जनयुद्ध दिवसको रूपमा सार्वजनिक बिदा दिएकोप्रति असन्तुष्टि जनाएका छन्। बिहीबार रिपोर्टस् क्लबमा भएको कार्यक्रममा उनले जनयुद्धलाई हिंसा भन्दै सो बिदालाई पात्रोबाट हटाउने चेतावनी दिए।

‘०५२ सालदेखि नै जनयुद्ध होइन भनेर जनयुद्धको विरोध गरिराखेको हो। मैले यसको लगातार विरोध गरेको छु। जनयुद्ध नै होइन। त्यो एउटा सेन्टिमेन्टमा आएर, नेताको के स्वार्थ हो, कार्यकर्तालाई सेन्टिमेन्टमा महान परिवर्तन गरिन्छ भनेर लगाइएको थियो। उनीहरूको दोष छैन। तर, नेताहरूले जे गरे त्यो जनयुद्ध थिएन। जनयुद्ध त्यसलाई भनिँदैन। त्यो एउटा हिंसा थियो,’ ओलीले भने।

उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय १८ वर्ष रोकिएको भन्दै फास्ट ट्र्याकबाट अघि बढाउन नमिल्ने बताए। संसदमा छलफल नगरी फास्ट ट्र्याकमा गए विरोधमा उत्रने ओलीको चेतावनी छ ।

‘फास्ट ट्र्याक किन ? १८ वर्ष बित्यो। एक महिनामा हुन्छ भन्ने, दुई दिनमा तपाईं छलफल नै गर्न नदिई बहुमत छ भनेर यस प्रकारको मजाक गर्न पाउनुहुन्छ, नेपाली जनतासँग? संसद्जस्तो गरिमामय ठाउँमा प्रक्रियागत ढंगले छलफल पनि नगरी फास्ट ट्र्याक तपाईंलाई अहिलेको अहिले किन चाहियो? यसको विरोध हुन्छ,’ उनले भने।