१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
लन्डन
२०७९ चैत १६ बिहीबार ०७:००:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मेसीको एक सय दुई अन्तर्राष्ट्रिय गोल 

Read Time : < 1 मिनेट
लन्डन
२०७९ चैत १६ बिहीबार ०७:००:००

अर्जेन्टिनी कप्तान लियोनल मेसीले राष्ट्रका लागि एक सय अन्तर्राष्ट्रिय गोल पूरा गरेका छन् । कुराकाओविरुद्ध बुधबार बिहान भएको मैत्रीपूर्ण खेलमा मेसीले ह्याट्रिकसमेत गरे । यस खेलमा अर्जेन्टिनाले कुराकाओमाथि ७–० को फराकिलो जित निकाल्न सफल भयो । कतारमा आयोजना भएको विश्वकप उपाधि उचालेको अर्जेन्टिनाले त्यसयता खेलेका दुईवटै अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा जित निकालेको छ । 

पाँच दिनअघि अर्जेन्टिनाले पानामालाई २–० ले हराएको थियो । मेसीले बुधबार बिहानको खेलसँगै एक सय दुई अन्तर्राष्ट्रिय गोल संख्या पूरा गरेका छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी)का ३५ वर्षीय मेसीले २०औँ मिनेटमा पहिलो गोल गरेका थिए । मेसीले दायाँ खुट्टाले गोल गर्दै अर्जेन्टिनाका लागि करिअरकै एक सय गोल पूरा गरेका थिए । खेलको २३औँ मिनेटमा एन्जो गोन्जालेजले अर्जेन्टिनालाई २–० को अग्रता दिलाएका थिए । 

३३औँ मिनेटमा मेसीले एक सय एक अन्तर्राष्ट्रिय गोल संख्या पु¥याउँदा अर्जेन्टिना ३–० ले अघि रह्यो । खेलको ३७औँ मिनेटमा मेसी अर्जेन्टिनाबाट सातौँ ह्याट्रिक पूरा गर्न सफल भए । खेलको ३९औँ मिनेटमा एन्जो फर्नान्डेजले अर्जेन्टिनाको अग्रता ५–० मा राखे । २ हजार घरेलु  समर्थकमाझ खेलको ७८औँ मिनेटमा एन्जल डी मारिया र ८७औँ मिनेटमा गान्जालो मान्टेलले एक–एक गोल गरेका थिए । 

यसअघि मेसीले बार्सिलोना र पिएसजीबाट खेल्दा करिअरकै आठ सय गोल पूरा गरिसकेका थिए । मेसीअघि अर्जेन्टिनाका गाब्रियल बाटिस्टुटाले ५६ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

मेसीअघि रोनाल्डो र अली 
मेसी राष्ट्रिय फुटबल टोलीबाट सर्वाधिक गोल गर्ने विश्वका तेस्रा खेलाडी बनेका छन् । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो एक सय २२ गोलका साथ शीर्ष स्थानमा छन् । इरानका अली डाईले एक सय गोल पूरा गरेका छन् । रोनाल्डोले राष्ट्रिय फुटबल टोलीबाट पोर्चुगललाई युरोकप २०१६ उपाधि दिलाएका थिए । अलीले एक सय ९ गोल पूरा गरेका हुन् ।