
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला एक हजार रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख नौ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख आठ हजार रुपैयाँ तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख सात हजार पाँच सय तोकिएको छ । अघिल्लो दिन यसको मूल्य एक लाख आठ हजार पाँच सय थियो ।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार तीन सय ५५ मा आएको महासंघले जनाएको छ । महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।