१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ११ शनिबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत ११ शनिबार १३:o२:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

नृपेशको गीतमा ‘कार्टुन्ज क्रु’को धमाका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत ११ शनिबार १३:o२:oo

गीतकार नृपेश उप्रेतीको शब्द तथा गायक मानसराज र गायिका कृष्टि श्रेष्ठको स्वरमा ‘लै बरी लै बरी, तैँ मोरी मन परी’ बोलको गीत सार्वजनिक भएको छ।

शुक्रबार चर्चित नृत्य समूह कार्टुनज् क्रुको आधिकारिक युट्युब च्यानलमार्फत गीत र म्युजिक भिडियो एकैसाथ सार्वजनिक गरिएको हो। भिडियोमा सरोज अधिकारी, आश्मा विश्वकर्मा, मानसराज, कल्पना घिमिरेलगायतको अभिनय रहेको छ। पुरुषोत्तम सुवेदीको एरेन्ज रहेको गीत वेभ स्टुडियोमा रेकर्ड गरिएको हो। 

युवाहरूमा हुने अव्यक्त प्रेमलाई रोमाञ्चक शैलीमा प्रस्तुत गरिएको गीतको कम्पोजिसन गीतकार उप्रेतीले नै गरेका छन्। उप्रेतीको शब्दमा यसअघि तीन दर्जन बढी गीत रेकर्ड भइसकेका छन्।