मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ चैत १० शुक्रबार
  • Friday, 11 July, 2025
२o७९ चैत १० शुक्रबार १४:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

७३ दिनमा प्रदेश सरकारबाट बाहिरियो एमाले 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत १० शुक्रबार १४:३o:oo

बागमती प्रदेश सरकारमा रहेको एमाले ७३ दिनमै सरकारबाट बाहिरिएको छ। शुक्रबार प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने प्रयोजनका लागि बसेको प्रदेश सभा बैठकबाट एमालेले सरकारबाट बाहिरिएको घोषणा गरेको हो। 

बैठकमा आफ्नो धारणा राख्दै एमाले बागमती प्रदेश संसदीय दलका नेता एवं प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले एमाले सरकारबाट बाहिरिएको घोषणा गरे। 

उनले सरकारबाट बाहिरिँदै गर्दा मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिन नसक्ने स्पष्ट पारे। नेता थपलियाले माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकलाई अस्थितरताको खाडलमा धकेलेको आरोप पनि लगाए।

गत पुस २५ गते एमाले शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा चारजना मन्त्रीसहित सहभागी भएको थियो। 

प्रदेश सरकारमा एमालेबाट स्वयं दलका नेता थपलिया आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए भने रामेश्वर श्रेष्ठ स्वास्थ्यमन्त्री, एकलाल श्रेष्ठ श्रम, रोजगार तथा यातायातमन्त्री र केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकासमन्त्रीका रूपमा नियुक्त भएका थिए।