मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत १० शुक्रबार ११:१०:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

सडक दुर्घटना कम गर्न यी कुरामा ध्यान दिनुस् 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत १० शुक्रबार ११:१०:००

सडक दुर्घटना कम गर्न पैदलयात्री, सार्वजनिक सवारी प्रयोगकर्ता, निजी तथा सार्वजनिक सवारीचालकलगायत सबै अनुशासित हुन जरुरी छ । सडक प्रयोग गर्दा आफ्नो सुरक्षाको जिम्मेवारी आफैँले वहन गर्नुपर्छ र अरूलाई हानि नहोस् भन्नेतर्फ पनि सजग हुन जरुरी छ । 

- ट्राफिक लाइटको नियम पूर्ण रूपमा पालना गर्ने । हरियो, रातो, पहेँलो बत्तीमा ध्यान दिने । 
- पैदलयात्रीले ‘ओभरहेड ब्रिज’को अनिवार्य प्रयोग गर्ने ।
- सधैँ फुटपाथबाट मात्रै हिँड्ने, जथाभावी नहिँड्ने । 
- यदि सडकमा फुटपाथ छैन भने सधैँ दायाँ साइडबाट मात्रै हिँड्ने गर्नुपर्छ । यसो गर्दा विपरीत दिशाबाट आइरहेको सवारीसाधन प्रत्यक्ष रूपमा देखिन्छ र दुर्घटनाको जोखिम कम हुन्छ । 
- बस, माइक्रोलगायतमा झुन्डिएर, छतमा बसेर वा ढोकामा बसेर यात्रा नगर्ने । 
- लेन अनुशासन पालना गर्ने ।
- जेब्राक्रसको प्रयोग गर्ने । 
- साइकल लेन नभएको सडकमा सकेसम्म साइक्लिङ नगर्ने ।
- सवारीचालकले ध्यान दिनुपर्ने 
- गाडीको कन्डिसन चेक गरेर मात्रै सवारी हाँक्ने । कन्डिसनमा नरहेको गाडीले जुनसुकै वेला धोका दिन सक्छ र दुर्घटना पनि निम्त्याउन सक्छ । 
- मद्यपान गरेर सवारीसाधान नचलाउने । यात्रुले पनि मद्यपान गरेका चालकको सवारीमा सवार नगर्ने । मानसिक तथा शारीरिक रूपमा फ्रेस हुँदा मात्रै सवारीसाधन चलाउने । 
- लामो दूरीमा सवारीसाधन चलाउँदा चालक थकित हुन्छन् । जसले दुर्घटनाको जोखिम बढाउँछ । त्यस्तो अवस्थामा हरेक दुई–दुई घन्टामा ब्रेक लिने । जसले तपाईंलाई फ्रेस बनाउँछ । 
- मोटरसाइकलपछाडि बस्ने यात्रीले पनि हेलमेट अनिवार्य प्रयोग गर्ने । 
- सवारीसाधानलाई तीव्र गतिमा नचलाउने ।