१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत १० शुक्रबार ०९:३९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नयाँ पाइपलाइनबाट १४ चैतपछि मेलम्चीको पानी वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत १० शुक्रबार ०९:३९:००

१४ चैतपछि मेलम्ची खानेपानी आयोजनाको पानी नयाँ पाइपलाइनबाट वितरण गरिने भएको छ । हाल नयाँ पाइपलाइनको परीक्षण गरिँदै छ ।  नयाँ पाइपलाइनको परीक्षण सकिएपछि खानेपानी वितरण गरिनेछ ।

नयाँ पाइपलाइनमा अहिले अन्तिम परीक्षण भइरहेकाले १४ चैतपछि खानेपानी वितरण हुनेछ । हाल अधिकांश ठाउँमा केयुकेएलको पुरानै पाइपलाइनबाट पानी वितरण भइरहेको छ ।

१५ हजार धारामा मिटर जडान 
मेलम्ची खानेपानीको नयाँ धाराबाट पानी वितरणका लागि छुट्टै मिटर जडान गरिन्छ । हालसम्म १५ हजार धारामा मिटर जडान गरिएको छ । पिआइडीले मिटर जडानका लागि ठेकेदार नियुक्ति गरी ९० हजार मिटर खरिद गरिसकेको छ । हाल परीक्षण भइरहेका ठाउँमा १० दिनभित्र मिटर जडान गरिसक्ने पिआइडीका प्रोजेक्ट डाइरेक्टर राजेन्द्र सापकोटाले जानकारी दिए ।

नरेफाँट, कोटेश्वर, तिलगंगा, ललितपुर पाटन, खुसिबु, अनामनगर, बानेश्वरलगायत ठाउँमा अन्तिम परीक्षण सकिएको छ । चरण–चरणमा अन्तिम परीक्षण गर्ने र सोहीअनुसार नयाँ पाइपलाइनबाट खानेपानी वितरण गरिने पिआइडीले जनाएको छ । 

मेलम्ची खानेपानीको शुल्क शतप्रतिशत बढ्दै

नयाँ पाइपलाइनबाट मेलम्चीको खानेपानी वितरण सुरु भएसँगै उपत्यकामा खानेपानीको मूल्य बढ्ने भएको छ । उपभोक्ताले अहिले प्रतिधारा (१० हजार लिटर) मासिक एक सय रुपैयाँ खानेपानीको शुल्क तिर्दै आएका छन् ।

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका प्रोजेक्ट डाइरेक्टर राजेन्द्र सापकोटाले हालको शुल्क कम भएको भन्दै पानीको मूल्य बढाउन आवश्यक रहेको जानकारी दिए । उनका अनुसार सबैतिर अन्तिम परीक्षण सकिएपछि खानेपानीको मूल्य बढाइनेछ ।

९० हजार घरमा धारा जडान लक्ष्य
मेलम्ची खानेपानी आयोजनाले उपत्यकाभित्र ९० हजार घरमा ९० हजार धारा जडानको लक्ष्य लिएको छ । त्यसका लागि अधिकांश ठाउँमा पाइपलाइन पनि बिछ्याइसकेको छ । हालसम्म २० हजार धारा जडान गरिसकिएको छ । बाँकी रहेको ७० हजार धारा जडान पनि अन्तिम परीक्षणपछि हुने आयोजनाले जनाएको छ ।