१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १० शुक्रबार
  • Friday, 09 May, 2025
२o७९ चैत १० शुक्रबार o८:२२:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

शिक्षक हत्या प्रकरण : श्रीमतीलाई जन्मकैद, श्रीमानलाई सफाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत १० शुक्रबार o८:२२:oo

दैलेखको गुराँस गाउँपालिकामा डेढ वर्षअघि भएको शिक्षक हत्या प्रकरणबारे जिल्ला अदालत दैलेखले फैसला सुनाएको छ । घाँटी रेटेर शिक्षक हत्या गरिएको कसुरमा पक्राउ परेकी मुना थापा खड्कालाई जन्मकैद फैसला गरिएको छ । उनीसँगै आरोपमा मुछिएका उनका श्रीमान् डम्बर खड्कालाई अदालतले सफाइ दिएको छ । 

गुराँस गाउँपालिका–८ मुकुट्ककी २८ वर्षीया खड्काले आफूमाथि यौनजन्य क्रियाकलाप भएकाले हत्या गरेको बताएकी थिइन् । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट कसुरदार मुनालाई जन्मकैद र उनका पति २५ वर्षीय डम्बर खड्कालाई सफाइ दिएको स्रेस्तेदार अधिकृत उपसचिव इन्द्रबहादुर कार्कीले जानकारी दिए । पीडित पक्षलाई एक लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने र पीडित राहत कोषमा २८ सय रुपैयाँ जम्मा गर्नुपर्ने सजाय तोकिएको फैसलामा उल्लेख छ । 

मालिका मावि लालीकाँडा मुकुट्कका शिक्षक ४२ वर्षीय नगेन्द्रबहादुर बिसीको २९ भदौ ०७८ मा हत्या भएको थियो । आफूमाथि यौनजन्य दुर्व्यवहार भएपछि धारिलो चक्कु प्रहार गरी हत्या गरेको मुनाको भनाइ छ ।

राहत कोटाका शिक्षक नगेन्द्रबहादुरका दुई छोरा अध्ययनको सिलसिलामा कोहलपुर रहेको र घटनाको दिन पत्नी कृष्णाकुमारीचाहिँ कामविशेषले दैलेख सदरमुकाममा वास बसेको, राति घरनजिकै आफ्नी दिदीको घरमा साँझको खाना खाएर मुनाको देवरले चलाएको पसलमा राति ११ बजेसम्म बसेर घर फर्किंदा आफू सुतेको कोठामा पुगी त्यस्तो दुर्व्यवहार गरेको मुनाको आरोप थियो ।

घटनाका वेला सुर्खेतमा रहेका डम्बरलाई मुनाले हत्या घटनालगत्तै मोबाइलबाट जानकारी गराएकी थिइन् । ‘भागेर आऊ, म लुकाउने प्रयास गरौँला’ भनी म्यासेज गरेको आधारमा डम्बरसमेत हत्या अभियोगमा डेढ वर्ष कारागार थुनामा परेका छन् ।