आन्दोलनकारीले भूमि आयोगकाे कार्यालयमा लगाए ताला

बिहिबार, ९ चैत, २०७९
डिजिटल संस्करण

भूमि अधिकारको माग गर्दै प्रदर्शन गरिरहेका स्थानीयले राष्ट्रिय भूमि आयोगको महोत्तरी जिल्ला कार्यसमितिको कार्यालयमा तालाबन्दी गरेका छन्। 

प्रदर्शनकारीले भूमि अधिकार र चुरे वन संरक्षणलगायत पाँचसूत्रीय मागसहितको आन्दोलन गरिरहेका छन्। 

उनीहरूले महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीमार्फत प्रधानमन्त्रीलाई संविधानले मौलिक हकको रूपमा व्यवस्था गरेको आवासको हक, चुरे तथा वन संरक्षणलगायतका पाँचसूत्रीय मागसहितको ज्ञापनपत्र बुझाएका छन्। 

सुझावित समाचार