Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ चैत ९ बिहीबार १०:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको स्ववियु सभापतिमा अनेरास्ववियुका माधव खत्री विजयी

Read Time : < 1 मिनेट
२०७९ चैत ९ बिहीबार १०:३५:००

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको स्ववियु निर्वाचनमा संयुक्त गठबन्धनको प्यानल विजयी भएको छ । सभापतिमा एमालेनिकट अनेरास्ववियुका माधव खत्री सात सय ५६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका जीवनराज सुवेदीले ६ सय ६६ मत पाएका छन् । 

सचिवमा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका हरेन्द्रबहादुर विक नाै सय ७६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका नर्देव थारूले ६ सय ५६ मत पाए । 

यसैगरी, कोषाध्यक्षमा संयुक्त प्यानलबाट अखिल क्रान्तिकारीका भरतराज बुढथापा आठ सय ७७ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका देवी रेग्मीले सात सय ३९ मत पाएको निर्वाचन समितिले जनाएको छ । 

सदस्यमा संयुक्त प्यानलका सुरेन्द्र रावल, पंकज सिजापति, टेकराज कँडेल, चिरञ्जीवी बुढा, नीराजन अवस्थी, सुशील बर्मा, सरस्वती बुढामगर र महेश शर्मा विजयी भएका छन् ।

निर्वाचनमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा माओवादी विप्लव, राप्रपालगायत दलका विद्यार्थी संगठनबीच गठबन्धन भएको थियो भने नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको विद्यार्थी संगठनबीच तालमेल भएको थियो ।