मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ २४ बुधबार
  • Wednesday, 07 June, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत ९ बिहीबार ०७:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

निजामती अस्पतालमा विवाद कायमै, ७० चिकित्सकसहित दुई  सयजना धर्नामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत ९ बिहीबार ०७:५५:००

निजामती कर्मचारी अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीबीच विवाद बढेको छ । नयाँ कर्मचारी भर्नाका लागि खोलिएको सूचना रद्द गर्नुपर्ने र कार्यकारी निर्देशकले राजीनामा दिनुपर्ने माग गर्दै अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारी २ चैतदेखि धर्नामा छन् । चिकित्सक र कर्मचारीले बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुगेर मन्त्रीको समेत ध्यानाकर्षण गरेका छन् । 

अस्पताल प्रशासनले ७० जना चिकित्सकसहित दुई सय हाराहारी पदका लागि तीन सय ५० जनाभन्दा बढी कर्मचारी माग गरेपछि व्यवस्थापन पक्ष र कर्मचारीबीच विवाद उत्पन्न भएको हो । व्यवस्थापनले एकपक्षीय ढंगले सूचना निकालेको भन्दै कर्मचारी आन्दोलित बनेका हुन् । उनीहरूले कार्यकारी निर्देशकको कार्यकक्षमा तालाबन्दी र धर्नासमेत गर्ने कार्यतालिका सार्वजनिक गरेका छन् । २ चैतयता कार्यकारी निर्देशक, मेडिकल डाइरेक्टर र प्रशासकीय अधिकृतको कार्यकक्षमा कर्मचारीले पटक–पटक तालाबन्दी गर्दै आइरहेका छन् । 

अस्पतालमा क्रियाशील आधिकारिक ट्रेड युनियनको अगुवाइमा आन्दोलन भएको थियो । असन्तुष्ट चिकित्सक, कर्मचारीले कार्यकारी निर्देशक डा. विधाननिधि पौडेलको राजीनामा माग गर्दै दैनिकजसो धर्ना दिँदै आएका छन् । ट्रेड युनियन अध्यक्ष सन्तोष धिमालले विज्ञापन खारेज गर्नुपर्ने र कार्यकारी निर्देशकले राजीनामा दिनुपर्ने बताए । 

अस्पतालका कार्यकारी निर्देशक भन्छन्– विज्ञापन खारेज हुँदैन
अस्पतालका कार्यकारी निर्देशक पौडेलले विज्ञापन खारेज नहुने बताए । ‘यो आन्दोलन स्वचालित आन्दोलन हो, १४ वर्षयता बल्ल विज्ञापन खोलिएको छ,’ उनले भने, ‘कर्मचारीले आन्दोलन गर्दैमा यो खारेज हुँदैन ।’

उनले करारमा काम गरेका कर्मचारीको उमेर हद सकिने अवस्थालाई ख्याल गर्दैैै सूचना जारी गरिएको जानकारी दिए । उनले कर्मचारीले विनियमावली परिवर्तनको माग गरे पनि यो परिवर्तन हुनै नसक्ने बताए ।