भिरबाट लडेर ताप्लेजुङमा एक वृद्धको मृत्यु

बुधबार, ८ चैत, २०७९
डिजिटल संस्करण

ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। मंगलबार साँझ करिब ६ बजेतिर गाउँपालिकाको वडा नं. १ निवासी ६७ वर्षका खड्गप्रसाद लिम्बूको खोक्लिङस्थित डाँडागाउँ भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

भिरबाट करिब १ सय ५० मिटर तल लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कुशकुमार कार्कीले जानकारी दिए। उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको छ।

सुझावित समाचार