१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ५ आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत ५ आइतबार १७:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्ववियु निर्वाचनमा ६० प्रतिशत मतदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत ५ आइतबार १७:३७:oo

त्रिभुवन विश्वविद्यालयको आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा ६० प्रतिशत विद्यार्थीले मतदान गरेका छन्।

निर्वाचनको प्रारम्भिक सूचनाअनुसार देशभरका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा ६० प्रतिशत विद्यार्थीले मतदान गरेको त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव प्रा. पशुपति अधिकारीले बताए।

छिटफुट घटनाबाहेक शान्तिपूर्ण रूपमा स्ववियु निर्वाचन सम्पन्न भएको अधिकारीले बताए। त्रिविले बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्मको समय निर्धारण गरेको थियो। त्रिविका अधिकांश क्याम्पसमा १४ वर्षपछि स्ववियु निर्वाचन भएको हो।

यति लामो समयपछि चुनाव हुँदा विद्यार्थीको उत्साहजनक सहभागिता रहेको ठमेलस्थित सरस्वती क्याम्पसका समाजशास्त्र विषयका उपप्राध्यापक टेकनाथ सुवेदीले बताए। क्याम्पसभित्र विद्यार्थीको संगठन स्ववियु भएकाले यसको निर्वाचन हुनु निकै महत्वपूर्ण रहेको समाजशास्त्री सुवेदीले बताए।