Skip This
उपराष्ट्रपतिको निर्वाचनमा किरियापुत्रीद्वारा मतदान    
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ३ शुक्रबार
  • Friday, 26 July, 2024
२o७९ चैत ३ शुक्रबार ११:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपराष्ट्रपतिको निर्वाचनमा किरियापुत्रीद्वारा मतदान    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत ३ शुक्रबार ११:४७:oo

उपराष्ट्रपति पदका लागि आज भएको निर्वाचनमा किरियापुत्रीले मतदान गरेका छन् । गण्डकी प्रदेशको कास्की निर्वाचन क्षेत्र नम्बर ३ (२) का प्रदेश सभा सदस्य प्रकाश बरालले मतदान गरेका हुन् ।

पिता लोकराजको निधनमा आशोच बारिरहेका बरालले आज बिहान पोखराबाट हवाईजहाजमा काठमाडौं आएर मतदान गरेका हुन् । उनी आजै दिउँसो पोखरा फर्कँदै छन् ।  

उनले भने, ‘संविधानले दिएको जिम्मेवारी र आफ्नो कर्तव्य पूरा गर्ने सन्दर्भमा उपराष्ट्रपति निर्वाचनमा मतदानका लागि यहाँ आएर मतदान गरेको हुँ ।’