१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २ बिहीबार
  • Friday, 09 May, 2025
२o७९ चैत २ बिहीबार १४:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सामाजिक सञ्जालमा अश्लील भिडियो बाहिरिएपछि डिन निलम्बित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत २ बिहीबार १४:३६:oo

कृषि तथा वन विश्वविद्यालय रामपुरको कृषि संकायका डिन जयप्रकाश दत्त निलम्बनमा परेका छन्। 

जुम बैठक चलिरहेकै समयमा अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएपछि उनलाई निलम्बन गरिएको हो। बुधबार सामाजिक सञ्जालमा दत्तको अश्लील भिडियो भाइरल भएको थियो। 

भाइरल बनेको विषयवस्तु संवेदनशील भएको हुँदा सत्यतथ्य छानबिनको सहजीकरणका लागि कृषि तथा वन विज्ञान विश्वविद्यालय संगठन र शैक्षिक प्रशासन नियमावली, २०६९ को परिच्छेद ३८ नियम १७४ (५) अनुसार छानबिन समितिको प्रतिवेदन प्राप्त भई निर्णय नहुञ्जेलसम्म उनलाई कृषि संकायको डिन पदबाट निलम्बन गरिएको हो।

कृषि तथा वन विश्वविद्यालयका उपकुलपति पुन्यप्रसाद रेग्मीका अनुसार यस विषयमा छानबिन गर्न समिति पनि गठन गरिएको छ।