मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
शिल्पा कर्ण काठमाडौं
२०७९ चैत १ बुधबार २०:४३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सडक विभागका इन्जिनियर यादवलाई सफाइ

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
२०७९ चैत १ बुधबार २०:४३:००

गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा सडक विभागका तत्कालीन सुपरिटेन्डेन्ट इन्जिनियर चन्द्रनारायण यादवले सफाइ पाएका छन् । 

बुधबार विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य शालिग्राम कोइरालाको इजलासले उनलाई सफाइ दिएको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ असार ०७७ मा उनीमाथि एक करोड ८५ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दैै आरोप–पत्र दायर गरेको थियो । उनले अवकाश प्राप्त गरेपछि मुद्दा दायर भएको हो । 

२०३६ सालमा सरकारी सेवामा प्रवेश गरेका उनले ०७४ फागुनमा अवकाश पाएका हुन् । उनले सो अवधिमा पारिश्रमिक तथा विभिन्न स्रोतबाट गरी एक करोड २ लाख रुपैयाँ आर्जन गरेकोमा खर्च र सम्पत्ति भने दुई करोड ८७ लाखभन्दा बढी देखिएपछि मुद्दा दायर भएको थियो । 

स्रोत नखुलेको एक करोड ८५ लाख रुपैयाँ अवैध र गैरकानुनी तरिकाले कमाएको दाबी गर्दै मुद्दा दायर भएको थियो । जसमाथि फैसला गर्दै विशेषले कसुर नठहरिने निर्णय सुनाएको हो ।