१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १ बुधबार ०८:३७:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सुनीतालाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिएर बालेन्द्र गए बेलायत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १ बुधबार ०८:३७:००

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह हेल्दी सिटिज समिटमा भाग लिन बेलायत गएका छन् । उनीसँगै स्वास्थ्य सल्लाहकार डा. जगदीश अग्रवाल, वडा २४ का अध्यक्ष विनोद राजभण्डारी र स्वकीय सचिव भूपदेव शाह पनि गएका छन् । 

बेलायतको लन्डनमा मंगलबारदेखि २ चैतसम्म हेल्दी सिटिज समिट हुँदै छ । ब्लुमबर्ग फिलान्ट्रोपिक र विश्व स्वास्थ्य संगठन आयोजक रहेको सम्मेलनको सहआयोजनामा लन्डन सहरको मेयर रहेका छन् । शिखर सम्मेलनले मेयर र सहरका प्राविधिक कर्मचारीलाई गैरसंक्रामक (नसर्ने खालका रोग) र चोटपटकका कारण मानव स्वास्थ्यमा सिर्जना भएको विश्वव्यापी बोझसँग कसरी लड्ने भन्नेबारे सुझाव दिनेछ ।

सम्मेलनका निष्कर्षले स्वस्थ सहर निर्माण गर्न अग्रणी रणनीति बनाउने विश्वास लिइएको छ । विश्वमा सहरीकरण तीव्र गतिमा फैलिएको छ । जसका कारण अस्वस्थ सहरी आचरण र दुर्घटना बढेका छन् । सहरी केन्द्रमा बस्ने मानिस नसर्ने रोगका कारण मृत्युवरण गरिरहेका छन् । हृदय रोग, स्ट्रोक, क्यान्सर, मधुमेह, पुरानो श्वासप्रश्वासका रोगहरू मानव मृत्युको कारण बनिरहेका छन् । विश्वव्यापी रूपमा हेर्दा सबै मृत्युमध्ये ८० प्रतिशत मृत्यु चोटका कारण भइरहेको छ । 

सहरमा बसोवास गर्ने मानिस नसर्ने रोगबाट आफूलाई बचाउन कमजोर हुँदै गएका छन् । यसवेला जीवन बचाउने र स्वस्थ सहर निर्माण गर्ने विषयमा साझा रणनीति चाहिएको छ । शिखर सम्मेलनले स्वस्थ र जीवन्त सहरहरू निर्माण गर्ने उत्कृष्ट अभ्यासमा छलफल गर्नेछ । सम्मेलनबाट मेयर र प्राविधिकको प्रतिनिधिमूलक सञ्जाल निर्माण हुनेछ । यसमार्फत नसर्ने खालका रोग र चोटपटक कम गर्ने रणनीति र उपायका क्षेत्रमा सहकार्य हुनेछ । प्रमुख साह ५ चैतमा स्वदेश फर्किनेछन् । यस अवधिका लागि उपप्रमुख सुनीता डंगोललाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिएका छन् ।