१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १८:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

नवप्रवेशी खुमलटारसँग हिमालयन शेर्पा पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १८:४२:oo

खुमलटार युवा क्लबले सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित हासिल गरेको छ। च्यासल खेल मैदानमा आज भएको खेलमा हिमालयन शेर्पालाई २–१ गोलअन्तरले पारजित गर्दै खुमलटारले दोस्रो जित हासिल गरेको हो। 

जितसँगै खुमलटार चार खेलबाट ६ अंक जोड्दै चौथाे स्थानमा उक्लिएको छ। खुमलटारको जितमा मनीष थापा र स्टेफन समीर निर्णायक रहे। 

मनीषले खेलको २२औँ मिनेटमा गोल गर्दै खुमलटारलाई अग्रता दिलाएका थिए।

 

यस्तै, ६६औँ मिनेटमा स्टेफनले अग्रता दोब्बर पारे। 

हिमालयनले ८०औँ मिनेटमा विश्वास श्रेष्ठको गोलबाट लिगमा नवप्रवेशी खुमलटारसँगको अग्रता घटाएको थियो। तर, खेलमा फर्कन त्यो पर्याप्त रहेन। 

दोस्रो जितपछि चार खेलबाट ६ अंक जोडेर खुमलटार चौथो स्थामा उक्लेको छ। खुमलटारले कुनै पनि खेलमा हार व्यहोरेको छैन। यता, हिमालयन भने दोस्रो हार व्यहोर्दै ४ खेलबाट ४ अंकसहित दशौँ स्थानमा छ ।

ad
ad