१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय व्यक्तित्वलाई निजामती अस्पतालमा कर्मचारीसरह उपचार सुविधा दिने तयारी

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी भन्छन् - ‘निजामती कर्मचारीसरह नै उपचार सुविधा पाउने गरी कायविधि बनाउँदैछौँ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:३o:oo

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले राष्ट्रिय व्यक्तित्वलाई निजामती सेवा अस्पतालमा निजामती कर्मचारीसरह सुविधा दिने तयारी भइरहेको बताएका छन्। 

राष्ट्रिय समावेशी म्युजिक अवार्ड वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले राष्ट्रिय व्यक्तिहरूको सम्मानका लागि उपचारमा निजामतीसरह सुविधा उपलब्ध गराउने तयारी भइरहेको बताएका हुन्। 

‘तपाईंहरूको लागि सरकारको तर्फबाट गर्न सक्ने सहयोग र समन्वय गर्न म सदैव तत्पर छु,’ मन्त्री मोदीले भने, ‘हाम्रो मन्त्रालयअन्तर्गतको निजामती सेवा अस्पतालमा अहिले निजामती सेवामा कार्यरत कर्चारीले मात्रै सुविधा पाउँछन्। अब त्यहाँ राष्ट्रिय कलाकार, राष्ट्रिय खेलाडी, सहिद तथा बेपत्ता परिवारलाई निजामतीसरह सुविधा दिने गरी कार्यविधि बनाउँदै छौँ।’ 

राष्ट्रिय व्यक्तित्वहरूको सम्मानका लागि यो काम गर्न लागिएको उनको भनाइ छ। आर्थिक समस्याका कारण कलाकारहरूले जीवनको उत्तरार्द्धमा उपचारसमेत गर्न नसक्ने अवस्था सिर्जना हुने गरेको भन्दै उनले अब त्यस्तो अवस्था अन्त्य गर्ने प्रयास भइरहेको जिकिर गरे। 

‘आर्थिक अभावले तपाईंहरूलाई निराश बनाउन सक्छ, राज्यका लागि पुर्याएको योगदानको मूल्यांकन भएन कि भन्ने पनि तपाईंहरूलाई लाग्न सक्छ। तर, निराश नहुनोस्, तपाईंहरूसहित राष्ट्रिय व्यक्तित्वहरूको सम्मानमा हामी काम गर्दै छौँ।’