मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका जोहानेसवर्ग
२०७९ फाल्गुण २८ आइतबार १०:२८:००
Read Time : > 3 मिनेट
विश्व प्रिन्ट संस्करण

दक्षिण अफ्रिका चीन–रुसी खेमामा

रुसलाई समर्थन गर्ने दक्षिण अफ्रिकी चालबाजीलाई कसरी प्रतिक्रिया दिने भनेर पश्चिमले सोचिरहेको छ

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, जोहानेसवर्ग
२०७९ फाल्गुण २८ आइतबार १०:२८:००

 दक्षिण अफ्रिकाको जलसेना देशको अन्य क्षेत्रजस्तै लथालिंग र कमजोर अवस्थामा छ । अहिले उसको नौसैन्य बेडाले एक दशकअघिको आधा समय पनि समुद्रमा बिताउँदैन । सत्तारुढ दल अफ्रिकन नेसनल कंग्रेस (एएनसी)ले बजेट कटौती गर्दा दक्षिण अफ्रिकी नौसेनासँग सुचारु सैन्य पानीजहाजहरूको संख्या थप खुम्चिएको छ ।

दक्षिण अफ्रिकाले गत १७ देखि २७ फेब्रुअरीसम्म रुसी र चिनियाँ नौसेनासहितको संयुक्त अभ्यास आयोजना ग¥यो । उसले यो अभ्यास नौसनिकहरूमाझ सलामी आदानप्रदानका लागि मात्रै पक्कै आयोजना गरेको होइन । युक्रेनमा रुसी आक्रमणको एक वर्ष पूरा भएको समय पारेर आयोजित उक्त सैन्य अभ्यासले आफूलाई तटस्थ दाबी गर्ने दक्षिण अफ्रिका कसरी चीन–रुसी कक्षमा प्रवेश गरिरहेको छ भन्ने स्पष्ट हुन्छ । 

दक्षिण अफ्रिकाको सत्तारुढ दल एएनसी लामो समयदेखि रुसप्रति नरम छ । दक्षिण अफ्रिकाकी विदेशमन्त्री नालेदी पान्डोरजस्ता एएनसीका दिग्गज नेता पश्चिमा कूटनीतिज्ञहरूलाई रंगभेदविरोधी संघर्षमा सोभियत संघले कसरी सहयोग गरेको थियो भनेर बताउन रुचाउँछन् । (तर सोभियत संघकै एक हिस्सा युक्रेनलाई यसका लागि कहिल्यै धन्यवाद दिँदैनन्) । 

उसका लागि रुस त महत्वपूर्ण भयो नै चीन झनै महत्वपूर्ण भएको छ । सन् २०१० मा दक्षिण अफ्रिका उदीयमान ठूला अर्थतन्त्रहरूको समूह ‘ब्रिक्स’को प्रमुख राष्ट्र बन्यो । ब्लकको सबैभन्दा सानो अर्थव्यवस्था भएकाले दक्षिण अफ्रिकाको निमित्त यो सदस्यताले महत्वपूर्ण अर्थ राख्छ । किनकि ब्रिक्सको सदस्यताले दक्षिण अफ्रिकालाई शक्तिशाली देशहरूसँगै टेबुलमा स्थान दिएको छ । 

दक्षिण अफ्रिकाको दृष्टिकोणप्रति पश्चिमा मुलुक सहानुभूतिपूर्ण नै थिए । पहिले, एएनसी श्वेत–शासनलाई समर्थन गरेकोमा धनी देशहरूप्रति बेखुस थियो । साथै, दक्षिण अफ्रिका बाँकी अफ्रिकाको प्रवेशद्वार पनि थियो । अमेरिका र युरोपबाट व्यापार, लगानी र पर्यटकहरू ओइरिदासम्म एएनसीले उनीहरूलाई स्वागत गरिरहेकै थियो । पश्चिमा देशहरू अझै पनि दक्षिण अफ्रिकी निर्यातको शीर्ष पाँच गन्तव्यमध्ये चार गन्तव्य हुन् । दक्षिण अफ्रिकाको अधिकांश एफडिआई तथा दक्षिण अफ्रिकी सम्पत्तिको अधिकांश अन्तर्राष्ट्रिय धारक पनि मूलतः यिनै मुलुक छन् । 

युक्रेन–युद्धले दक्षिण अफ्रिकाको नक्कली असंलग्नवाद उजागर गरेको छ । ५४ अफ्रिकी देशमध्ये गत मार्चमा संयुक्त राष्ट्रसंघको महासभामा रुसी आक्रमणको निन्दा गर्न नमान्ने २६ अफ्रिकी देशमा यो पनि एक थियो । यसले पश्चिमी कूटनीतिज्ञहरूलाई झस्काए पनि आश्चर्यचकित भने पारेन । दक्षिण अफ्रिका सन् २०१४ मा रुसले क्रिमियामा गरेको आक्रमणको निन्दा नगर्ने राष्ट्रसंघका थोरै सदस्य राष्ट्रमध्ये पनि एक सदस्य थियो । 

सन् २०२२ को अक्टोबरमा दक्षिण अफ्रिकाले युक्रेनी भूमिमा रुसी कब्जाको निन्दा गर्न नमानेपछि थप निराशा उत्पन्न भयो । जबकि संयुक्त राष्ट्रसंघमा मतदानको एक महिनाअघि सिरिल रामाफोसाले जो बाइडनबाट ह्वाइट हाउसको आतिथ्य पाएका थिए । त्यसको केही हप्तापछि राजा चाल्र्स तृतीयको शासनकालमा बेलायतको राजकीय भ्रमण गर्ने पहिलो व्यक्ति पनि उनै थिए । पश्चिमा कूटनीतिज्ञहरू आफूले संयुक्त राष्ट्रसंघको प्रस्तावबारे दक्षिण अफ्रिकाका अधिकारीसँग परामर्श गरेको, तर अन्तिममा रामाफोसाले आफ्ना कूटनीतिज्ञलाई पन्छाउँदै खेद प्रस्तावमाथि मतदानका दिन अनुपस्थित बसेको बताउँछन् ।

 डिसेम्बरमा एएनसीको आन्तरिक चुनाव थियो र सो चुनाव जित्न पार्टीका रुस समर्थक सदस्यलाई खुसी राख्नु रामाफोसाको आवश्यक थियो । त्यसैले उनलाई शंकाको लाभ दिइयो । तर, नोभेम्बरमा एक रुसी व्यापारीको स्वामित्वमा रहेको सुपरयाच केपटाउनतर्फ जाँदै गरेको देखियो (त्यसपछि त्यो माल्दिभ्सतर्फ सोभिएको थियो) ।

अझ विडम्बना त के भने त्यसै महिनाको अन्तताका दक्षिण अफ्रिकी जलक्षेत्रमा अमेरिकी प्रतिबन्धको विषय रहेको एउटा रुसी व्यापारिक पानीजहाज पनि देखा पर्‍यो । लेडी आर नामले चिनिने उक्त जहाजले डिसेम्बरको सुरुमा दक्षिणी अफ्रिकाको नौसैनिक बेसमा डक गर्नुअघि आफ्नो ट्याकिङ डिभाइस बन्द गरेको थियो । प्रत्यक्षदर्शीहरूले रातारात कार्गाे उतारिएको बताएका छन् । दक्षिण अफ्रिकी रक्षामन्त्री थान्डी मोदीसेले घटनाको पूर्ण विवरण दिएका छैनन् । केवल जहाजले कोभिड–१९ महामारीअघिकै गोलाबारुदको खेप ल्याएको बताएका छन् । तर, पश्चिमा कूटनीतिज्ञहरू उनको यो भनाइमा सन्तुष्ट छैनन् । त्यसपछि जनवरीमा सर्गेई लाभरोभको भ्रमण भयो ।

उनका समकक्षी पान्डोरले पश्चिमले किभलाई ठूलो परिमाणमा हतियार दिएका कारण रुसलाई युक्रेनबाट फिर्ता हुन आह्वान गर्नु एकदमै हलुका र बचकाना हुने टिप्पणी गरिन् । उनले मस्को र बेइजिङलाई खुसी तुल्याउन ब्रिक्स ब्लकलाई नयाँ वैश्विक व्यवस्थाको हिस्सा बनाउनुपर्ने बताइन् ।

दक्षिण अफ्रिकाको पानीमा बारम्बार नौसैनिक अभ्यास भइरहेका छन् । दक्षिण अफ्रिकाले सन् २०१९ मा रुस र चीनलाई निम्त्याएको थियो । यसले फ्रान्सलगायत पश्चिमाका नौसेनाहरूसँग सहकार्यका साथै नियमित रूपमा पश्चिमा राजनीतिज्ञलाई स्वागत पनि गरिरहेकै छ । तर, भ्लादिमिर पुटिनका सेनाले युक्रेनी नागरिकहरूको हत्या गरिरहेका समयमा युद्ध समर्थक ‘जेड’ अंकित रुसी जहाजी बेडाहरूलाई निम्त्याउनु यसमा परिवर्तनको संकेत हो ।

सरकारको यो कदमले एएनसीका राजनीतिज्ञ र रुसबीचको सम्बन्धप्रति पश्चिमको ध्यानाकृष्ट भएको छ । सन् २०२१ मा उपराष्ट्रपति डेभिड माबुजाले रुसमा उपचारका लागि एक महिनाभन्दा बढी समय बिताए । संघर्षका दौरान एएनसीको सशस्त्र विंगकी छापामार रहेकी मोदिसेले गत अगस्टमा मस्कोमा अन्य ३४ देशका रक्षामन्त्रीसँगै सुरक्षा शिखर सम्मेलनमा भाग लिइन् । माली र सेन्ट्रल अफ्रिकन रिपब्लिकजस्ता कमजोर अफ्रिकी देशमा रुसी शैलीको प्रतिच्छाया देख्न सकिन्छ । त्यहाँ शासनसत्तामा वाग्नर समूहजस्ता भाडाका सैनिकहरूको बोलवाला बढ्दो छ । आर्थिक दृष्टिले दक्षिण अफ्रिकाका लागि रुसको पश्चिमसँग तुलनै हुन सक्दैन । 

पश्चिम अझै पनि एएनसीको रुसलाई समर्थन गर्ने चालबाजीलाई कसरी प्रतिक्रिया दिने भनेर सोचिरहेको छ । केही अधिकारी रुससँगको हिमचिमविरुद्ध बोल्दा वा धम्कीको भाषा प्रयोग गर्दा एएनसीका नेताहरू झन् पूर्व धकेलिने हुन् कि भनेर डराउँछन् । 

पश्चिमका केही कूटनीतिज्ञ कडा लाइनको पक्षमा छन् । अमेरिकी सिनेटरहरू दक्षिण अफ्रिकाले अमेरिकाका शत्रुहरूलाई सहयोग र समर्थन गर्छ भने अफ्रिकन ग्रोथ एन्ड अपरच्युनिटी एक्टअनुसार किन हामीले ऊसँग सौविध्यपूर्ण व्यापार गर्ने भनेर प्रश्न उठाइरहेका छन् । केही अमेरिकी अधिकारीहरू आफ्ना कानुन प्रवर्तक र गुप्तचर एजेन्सीहरूले भ्रष्ट दक्षिण अफ्रिकी अभिजात वर्गको रुसी सम्बन्धलाई नजिकबाट नियालोस् भन्ने चाहन्छन् । 

दक्षिण अफ्रिका सन् २००० को दशकको जस्तो एक्लो अफ्रिकी शक्ति पनि होइन । देशमा अविकासका समस्या ठूलै छन् । यहाँ बारम्बार बत्ती गइरहन्छ र पानीको धार नियमति छैन । संगठित अपराध व्याप्त छ । तर, व्यापार र लगानीको मुख्य स्रोतको नजिक हुनुपर्ने समयमा यो मुलुक भने टाढा जाँदै छ । दक्षिण अफ्रिकाको आफू महत्वपूर्ण भएको ढोंग हास्यास्पद देखिन्छ । र, रुसप्रतिको सहानुभूतिले उसलाई अझ बढी जोकर बनाउनेछ ।