Skip This
रामसहाय यादवविरुद्ध जनमतको पनि उजुरी
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २७ शनिबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण २७ शनिबार १८:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रामसहाय यादवविरुद्ध जनमतको पनि उजुरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण २७ शनिबार १८:४८:oo

जसपाका उपराष्ट्रपति उम्मेदवार रामसहाय यादवविरुद्ध जनमत पार्टीले पनि उजुरी दिएको छ । खसआर्य पुरुष राष्ट्रपति निर्वाचित भइसकेकाले उपराष्ट्रपतिको उम्मेदवार महिला हुनुपर्ने जिकिर गर्दै जनमतले यादवको उम्मेदवारी संविधान र कानुनविरुद्ध भएको भन्दै उजुरी दिएको हो ।

संविधान, निर्वाचन आयोगको निर्णय र अभ्यासका आधारमा उपराष्ट्रपति महिला हुनुपर्ने स्पष्ट रहेकाले पुरुष उम्मेदवारविरुद्ध उजुरी दिएको जनमत पार्टीकी सांसद अनिता देवीले जानकारी दिइन् ।

जनमतकी उपराष्ट्रपति उम्मेदवार ममता झाले निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वर पुगेर शनिबार साँझ उजुरी दिएकी हुन् । सहायक निर्वाचन अधिकृत अमृता शर्माले महिला उम्मेदवार नै हुनुपर्ने भएकाले यादवको मनोनयन खारेज गर्न माग गर्दै उजुरी आएको बताइन् ।

यसअघि एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यका प्रतिनिधि एवं सांसद महेश बर्तौलाले यादवविरुद्ध उजुरी दिएका थिए । उजुरीमा निर्वाचन अधिकृतको कार्यालयले आइतबार निर्णय गर्ने जनाएको छ ।