Skip This
प्रधानमन्त्रीबाट अत्याधुनिक चलचित्र छायांकन स्टुडियो निर्माणको शिलान्यास
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३० मंगलबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ बैशाख ३० मंगलबार १६:४३:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

प्रधानमन्त्रीबाट अत्याधुनिक चलचित्र छायांकन स्टुडियो निर्माणको शिलान्यास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ बैशाख ३० मंगलबार १६:४३:oo

प्रधानमन्त्री केपी ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– १० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायांकन स्टुडियोको आज शिलान्यास गरेका छन् ।

४२ रोपनी जग्गामा निर्माण हुने उक्त स्टुडियो अत्याधुनिक सुविधासम्पन्न छायांकन स्थल हुनेछ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्टुडियो निर्माणको शुभारम्भ गरेका हुन् ।

देशमा चलचित्र निर्माण सुरु भएको ६ दशक पूरा हुँदा पनि सुविधासम्पन्न स्टुडियो निर्माण नभएकामा चलचित्र क्षेत्रमा आबद्ध निर्माता तथा कलाकारले गुनासो गर्दै आएका थिए ।