१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
रासस दोधारा चाँदनी
२o८१ बैशाख ३० आइतबार १३:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बँदेलमा देखियो ‘अफ्रिकन स्वाइन फिभर’

Read Time : < 1 मिनेट
रासस, दोधारा चाँदनी
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १३:२७:oo

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बँदेलमा ‘अफ्रिकन स्वाइन फिभर’को संक्रमण देखिएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर मेहताले निकुञ्जको बँदेलमा अफ्रिकन स्वाइन फिभरको संक्रमण देखिएको जानकारी दिए । ‘यही फागुन १९ गते निकुञ्जमा गस्ती गरिरहेका वेला बँदेल मृतावस्थामा भेटिएको थियो,’ उनले भने, ‘चोटपटक नलागेको र जिउ सुन्निएको अवस्थामा देखेपछि परीक्षण गरिएको हो ।’

उनका अनुसार काठमाडौंको केन्द्रीय प्रयोगशालामा परीक्षण गर्दा बँदेलमा अफ्रिकन स्वाइन फिभर देखापरेको हो । निकुञ्जभित्र संक्रमण देखिएपछि अन्य जनावरमा समेत संक्रमणको जोखिम बढेको छ ।

गत माघमा कञ्चनपुरका बंगुर फार्ममा पहिलोपटक अफ्रिकन स्वाइन फिभरको संक्रमण देखिएको हो । यसको उपचार नभएकाले यो रोग लागेपछि पशुमा ठूलो नोक्सानी पुग्न सक्ने भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका वरिष्ठ पशु चिकित्सक पानसिंह ठगुन्नाले बताए ।

‘यो रोग कञ्चनपुरमा पहिलोपटक देखिएको हो, यसको कुनै उपचार छैन,’ उनले भने, ‘कञ्चनपुरको बेदकोटमा सुरुमा देखिएको हो अहिले अन्य ठाउँमा पनि बंगुर मर्न थालेका छन् ।’

अफ्रिकन स्वाइन फिभर रोग लागेमा सुँगुर र बंगुर एकै ठाउँमा थुप्रिएर बस्ने, शरीरमा नीलडाम देखिने, कानका टुप्पामा रगत जमेका धब्बा देखिने र नाकबाट फिँज आउनेजस्ता लक्षण देखापर्ने पशु चिकित्सक बताउँछन् ।

ad
ad