१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २५ बिहीबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण २५ बिहीबार १३:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अन्तिम समयमा रास्वपाले राेज्याे रामचन्द्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण २५ बिहीबार १३:३६:oo

नयाँ राष्ट्रपति चयनका लागि  मतदान जारी छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ। 

यसअघि रास्वपाको पदाधिकारीसहितकाे संसदीय दलकाे बैठकले राष्ट्रपति निर्वाचनमा सांसदले स्वविवेकीय अधिकार प्रयोग गर्ने निर्णय गरेको थियो। तर, मतदानका दिन आठदलीय गठबन्धनका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको हाे। 

यसअघि सांसदलाई मतदानमा निर्णय लिन स्वतन्त्र छाेड्ने तय भएकाेमा संसदीय दलकाे बैठकले संविधानमाथि प्रहार भएकाले रक्षाका लागि एकै ठाउँमा मतदान गर्ने निर्णय भएकाे एक नेताले बताए। 

नयाँ राष्ट्रपति चयनका लागि  बिहान १० देखि मतदान जारी छ। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा संघीय सांसद र प्रदेश सभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ।

राष्ट्रपति निर्वाचनमा एमालेबाट सुवासचन्द्र नेम्वाङ र आठदलीय गठबन्धनबाट रामचन्द्र पौडेल उम्मेदवार छन्। 

मतदान सकिएलगत्तै आवश्यक प्रक्रिया पूरा गरेर आजै मतगणना सुरु गरिनेछ। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको अन्नपूर्ण स्काई लाइट हलमा थालिने मतगणनाको परिणाम ढिलोमा आजै साँझ ७ बजेभित्र घोषणा गर्ने तयारी छ।