१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
रमेश सुवेदी काठमाडौं
२o८१ बैशाख ३१ सोमबार २२:३७:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

स्पेशल दानबहादुरलाई ‘स्पेशल अवार्ड’

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार २२:३७:oo

ब्याडमिन्टनका नेपाल च्याम्पियन रत्नजित तामाङ, सरादेवि तामाङ र नङशलदेवि तामाङका बुबाआमा हुन् दानबहादुर तामाङ र मायादेवि मोक्तान । 

नेपालमा अझै पनि थोरै अभिभावकहरू मात्र त्यस्ता छन्, जो आफ्ना छोराछोरीलाई आफैँले डोहोर्याएर खेल मैदानसम्म पुर्याउँछन् । भोजपुर बजारका दानबहादुरले त आफैँले खेलमैदान बनाए । 

आफ्ना तीनै छोराछोरीलाई आफैँले प्रशिक्षण गराएर नेपाल च्याम्पियन नै बनाउन सफल भए दानबहादुर । त्यतिमात्र होइन भोजपुरलाई नै ब्याडमिन्टन खेलाडी उत्पादन हुने ठाउँको रूपमा नै परिचित गराए । जब कलिला सन्तानलाई खेलाउँन लैजान्थे तब गाउँलेहरूले यो दानबहादुरले छोराछोरी बिगार्ने भए भन्दै जिस्काउने गरेको उनलाई अझै सम्झना छ । विराटनगरमा खेल्न जाँदा इन्डोर हल नभएको ठाँउका खेलाडी कसरी खेल्छन् भनेर उनलाई एकजना वरिष्ठ प्रशिक्षकले नमज्जाले जिस्काएछन् ।

इख बोकेर भोजपुर फर्किएका दानबहादुरले पछि मेहनत गरे । इन्डोर हल नभए पनि छोराछोरीलाई राम्रो खेलाडी बनाउने प्रण लिए । दिनरात नभनी लागे । उनी पूर्ण रूपमा प्रशिक्षक भइसकेका थिएनन् । तर, त्यो कला सिके । परिणाम, अर्को खेलमा विराटनगर पुग्दा उनका जेठी सरादेविले अन्तर्राष्ट्रिय खेलाडी नै सून्यमा नै पराजित गरिदिइन् । त्यहाँबाट सुरु भएको जितको सिलसिला सरादेवि, रत्नजित हुँदै नङसलदेवि तामाङसम्म जारी रह्यो । एक ताका राष्ट्रिय टिममा पर्ने खेलाडीको संख्या ६ जनासम्म पुगेका थिए । 

यो सजिलो काम थिएन । संघर्ष पनि उस्तै रह्यो । पेशाले उनी शिक्षक हुन् । दानबहादुरले हल बनाउन आफ्नो शिक्षण पेशाबाट प्राप्त सबै तलब स्वाहा पारे ।  ब्याडमिन्टनमा खर्च पनि टन्न हुने । १२ वर्ष त भोजपुर जिल्ला ब्याडमिन्टन संघको अध्यक्ष नै बनेर सेवा गरे । यद्यपि, सपना पाल्नु र त्यो पूरा हुनु फरक विषय हो । जो कोहिले आफ्ना सन्तान च्याम्पियन हुन् भन्ने नै सपना देख्छन् । तर, सबैको सपना कहाँ पूरा हुन्छ र ? यद्यपि, दानबहादुर दम्पती भाग्यमानी साबित भए । किनकी उनका छोराछोरीले पनि त्यहिअनुरूप मेहनत गरे । आफ्ना बुबाले देखेको सपनालाई यथार्थमा परिणत गराए । 

दानबहादुरको अर्को चाहना थियो, भोजपुरमा इन्डोर ब्याडमिन्टन कोर्ट । इन्डोर हल बनाउन उनले आफ्नो जग्गा दान गरे । दुई वर्षअगाडि तीनवटा कोर्ट भएको ब्याडमिन्टन कोर्ट बनेपछि उनको अर्को सपना पनि पूरा भयो । दानबहादुर दम्पती अब खुसी छन् । शिक्षण पेशाबाट रिटायर्ड भइसकेका उनी अहिले पनि भेट्रान्स ब्याडमिन्टन खेल्न देशभर पुग्छन् । हिजो छोराछोरी बिगारे भन्ने गाउँलेहरू अहिले उनको सफलता देखेर छक्क पर्छन् । छोराछोरीलाई राम्रो खेलाडी बनाउने सपना देख्नेहरू अरु पनि छन् । तर दानबहादुर÷मायादेवि दम्पतीको योगदान भने अरुभन्दा अलग छ, विशेष पनि । यी नै दानबहादुर मायादेवि मोक्तानलाई नेपाल खेलकुद पत्रकार मञ्चले स्पेशल अवार्ड २०७८ प्रदान गरेको हो ।

ad
ad