१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २३ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण २३ मंगलबार १७:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्डविरुद्धको रिट राष्ट्रपति निर्वाचनअघिको ‘प्रोक्सी वार’ : मेटमणि चौधरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण २३ मंगलबार १७:३९:oo

एकीकृत समाजवादी पार्टीका नेता मेटमणि चौधरीले प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डविरुद्धको रिटलाई राष्ट्रपति निर्वाचनअघिको प्रोक्सी वार (छद्म युद्ध)को रूपमा अर्थ्याएका छन्।

मंगलबार फेसबुकमार्फत उनले रिट दायर गरेर इमोसनल ब्ल्याकमेलिङ गरिएको भन्दै कोही त्रसित वा खुसी हुन आवश्यक नरहेको प्रस्ट्याएका हुन्। यस विषयमा केही काम बाँकी भए पनि अधिकांश विषय संयुक्त राष्ट्रसंघको रोहबरमा नेपाल सरकार र विद्रोही पक्षको बीचमा प्रक्रिया मिलाएर टुंगोमा पुगेको बताएका छन्।

‘कमरेड प्रचण्डविरुद्ध सर्वोच्चमा गरेको रिट र हुन सक्ने सम्भावनाको विषय केवल भ्रमित कुरा मात्रै हो। तत्कालीन समयमा संयुक्त राष्ट्रसंघको रोहबरमा नेपाल सरकार र विद्रोही पक्षको बीचमा प्रक्रिया मिलाएर टुंगोमा पुगेको विषय हो। हो, केही  काम बाँकी छ। यो सरकारले टुंगोमा पुर्याउने विषय हो। यसैले कस‌ैले पनि अनावश्यक यो र त्यो होला भनेर त्रसित नबनौँ र खुसी पनि हुनु जरुरी छैन। यो फगत भ्रम हो। प्रक्रियाले यो टुंगिन्छ। राष्ट्रपति चुनावअगाडि गरिएको प्रोक्सी लडाइँ हो। इमोसनल ब्ल्याकमेलिङ हो,’ चौधरीले लेखेका छन्।