
भलिबल खेलाडी उषा भण्डारी ०७८ को सर्वाधिक रुचाइएकी खेलाडी बनेकी छिन् ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आज सार्वजनिक गरेको १९औँ पल्सर स्पोर्टस् अवार्डमा उषाले ‘पिपुल्स च्वाइस अवार्ड’ हात पारिन् ।
काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष कार्यक्रमबीच उनलाई अवार्ड प्रदान गरियो ।
यो विधामा भलिबलकी उषासँगै फुटबलका अञ्जन विष्ट, क्रिकेटका आसिफ शेख, पौडीकी डुवाना लामा र टेनिसकी अभिलाषा विष्ट मनोनयनमा परेका थिए ।
यो विगत १८ वर्षदेखि आयोजना हुँदै आएको नेपाली खेलकुदकै लोकप्रिय खेल सम्मान हो ।